काठमाडौं। नेवार जाति मात्र नभइकन कला–संस्कृति र सभ्यता हो। जातिभन्दा माथि उठेर नेपाल र नेपालीको कला–संस्कृति र युगौ पुरानो सभ्यता जोगाउन तल्लिन विश्वभर छरिएर रहेका नेवार सुन्दरीहरुले प्राचिन नेवार कला–संस्कृति र सभ्यतालाई उजागर गर्न र गराउनका लागि Miss Newa World 2021 को आयोजना हुने भएको छ।  रेक्स फेसन होमको संयोजन तथा काराओके इन्टरटेन्टमेन्टको आयोजनामा Miss Newa World 2021 को आयोजना हुन गैरहेको हो।

यस कार्यक्रमको आयोजनाका संवन्धमा आयोजित पत्रकार सम्मेलनमा आयोजक काराओके इन्टरटेन्टमेन्टका अध्यक्ष तथा महाप्रवन्धक खगेश रञ्जितकारले नेवारहरु सवै जातिसंग मिलेर जातिय सदभाव कायम गर्दै अगाडि बढिरहेको युगिन कला–संस्कृति र सभ्यता वोकेर हिंडेको अतुलनीय जाति भएको उल्लेख गर्दै Miss Newa World मार्फत यसको अझ धेरै उजागर गर्ने सोचले Miss Newa World 2021 को आयोजना गर्न लागेको बताएका छन्।

विश्वभर छरिएर रहेका नेवार समुदायका १६ देखि ३० बर्ष उमेर समूहका ५ फिटभन्दा माथि उचाई भएकाहरुले भाग लिन पाउने जानकारी पनि रञ्जितकारले दिएका छन्। आवेदन फाराम यही साउन ५ गतेभित्र अनलाइन मार्फत भर्न सकिने वताइएको छ।

कार्यक्रमको सभापतित्व रेक्स फेसन होमका सीइओ रेक्स रञ्जितकारवाट भएको थियो। कार्यक्रममा इभेन्ट म्यानेजमेन्टका अग्रज व्यक्तित्वहरु तेन्जिङ शेर्पा, दिनेश शाही लगायत प्रतिष्ठित गायिका बुनु राई मानन्धरको उपस्थिति रहेको थियो।

आवेदन फर्म www.missnewaworld.com लगइन गरेर विश्वभर छरिएर रहेका नेवार सुन्दरीहरुले अनलाइन फर्म भरेर भाग लिन पाइने आयोजकले भनेको छ।
प्रकाशन मिति–२०७८ साल असार २६ गते शनिवार ।