1.लन्डनबाट प्रकाशित हुने लोकप्रिय आर्थिक दैनिक फाइनान्सियल टाइम्सको सहप्रकाशन दि बैंकरले पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई उत्कृष्ट अर्थमन्त्रीको अवार्ड प्रदान गरेको छ । फाइनान्सियल टाइम्सको कार्यालय लन्डनमा मंगलबार आयोजित एक समारोहबीच दि बैंकर पत्रिकाका सम्पादक ब्रायन क्याप्लेनले महतलाई ‘ग्लोवल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर ०१६’ अवार्डका साथै ९० वर्ष पहिले स्थापित उक्त पत्रिकाका संस्थापक सम्पादक ब्रेण्डन ब्रयाकनको मूर्ति प्रदान गरे ।

2.गोर्खा च्यानलको टोलीले २ वर्षसम्म विदेशमा म्याग्दीको सम्भाव्यताको प्रचारप्रसारका लागि १२ दिने भ्रमण गरेका छन । भ्रमणका क्रममा टोलीलाई म्याग्दीको बेनीमा उद्योग वाणिज्य संघ, ओमकुमारी शान्ति कोषलगायतकाले भव्य स्वागत तथा सम्मान गरेका छन ।

3.माघे संक्रान्ति पर्व विभिन्न समुदायले आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । विशेष गरी घ्यु, चाकु, तीलको लड्डु, तरुल र सखरखण्ड खाएर मनाइने माघे संक्रान्ति पर्वको थारु समुदायमा विशेष महत्व छ । काठमाडौंमा बसोबास गरेका र काम विशेषले घर फर्किन नपाएकाहरुले दशरथ रंगशाला र खुलामञ्चमा भेला भएर माघी पर्व मनाएका छन् । सिताराम चौधरीले तयार पारेको हेरौं यो रिपोर्ट ।

4.यसैगरी वेलायतको लण्डनमा रहेका मगरहरुले पनि माघे संक्रान्ति भव्यरुपमा मनाएका छन । मगर संघ युकेको वेम्ली साखाले लण्डनको साउथहयारोमा गत शनिवार एक विषेश कार्यक्रमको आयोजना गरि आफनो संस्कृति अनुसार माघे संक्रान्ति मनाएको छ ।