काठमाडौं। दक्षिण कोरियामा नो ब्रा अभियान व्यापक भैरहेको छ। ह्याशट्याग नोब्रा अभियान सामाजिक सञ्जालमा चर्चाको साथसाथमा व्यापक नै बनेको छ।

बीबीसीका अनुसार, महिलाहरू ब्रा नलगाइकन अन्य कपडा लगाएर आफ्ना तस्वीर सामाजिक सञ्जालमा शेयर गरिरहेको छ। यसको आरम्भ दक्षिण कोरियाकी गायिका तथा अभिनेत्री सुलीले गरेकी हुन् । इन्स्टाग्राममा सुलीले ब्रा नलगाइकन तस्वीर शेयर गरेपछि यसले व्यापकता पाएको हो।

सुलीका लाखौं फलोअर छन् । त्यसैले यो तस्वीर एकैछिनमा भाइरल भइहाल्यो। सुली दक्षिण कोरियामा ब्रामुक्त अभियानकी प्रतिक बन्न सफल भएकी छन्। अभियानमार्फत महिलाहरूले ब्रा लगाउनु वा नलगाउनु स्वतन्त्रताको विषय भएको सन्देश दिएका छन्।

सुलीको पक्ष र विपक्षमा अनेकौं मत आए। कसैले यसलाई सस्तो लोकप्रियताका लागि चालिएको कदम भने त कसैले महिलाको समस्यामा ध्यान आकर्षणको विषयका रूपमा यसलाई लिए। सुलीले आफ्नो प्रसिद्धि बढाउनका लागि यो आन्दोलन चलाएको केहीको भनाइ रह्यो।

महिलाहरूले ब्रा लगाउने वा नलगाउने कुरा निजी कुरा हो। यसमा अनेक तर्क–वितर्क भैरहेतापनि यो सुलीले चलाएको नो ब्रा आन्दोलनले व्यापकता पाएको छ।
#No Bra
प्रकाशन मिति–२०७६ साल भदौ २० गते शुक्रवार ।