काठमाडौं। मन भुल्ने बाताबरण आफैले तयार पार्न सक्नु पर्दछ। मन जुन कुरामा भुल्ने गर्दछ। त्यसमा बढी रम्न सक्नु पर्दछ। त्यस्तै मन भुल्ने र भुलाउने कार्यमा नानु लामाको फरक मत रहेको छ।

मन भुलाउनको लागि मनले खोजेको र रोजेको कुरामा पछि हट्न नहुने नानुको धारणा रहेको छ। अक्सर मनमा अनेक तर्कना तथा तनाब भएको बेला मनलाई भुलाउन विशेषत फेसनेबल लुगाहरुको कपडाको शोरुम तथा बुटिकहरुमा गएर घण्टौ त्यहाँ रहेका लुगा हेर्न र छान्नमा नै व्यस्त हुने गरेको गजबको रहस्य नानुले भिजन संसार डटकमलाई भनेकी छन्।

सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टरकी प्रमुख समेत रहेकी नानुले त्यसरी मनलाई भुलाउने क्रममा कयन लुगाहरुसंग रमाएकी छन्। हजारौ सस्ता तथा महंगा कपडाहरुलाई पल्टाएकी छन्। मन परेको कपडालाई मज्जाले किनेर ल्याउने नानुको शौख पनि रहेको छ।

यसरी मन भुलाउन अनेक बुटिक तथा कपडा शोरुममा पुगेर खरिद गरेका विभिन्न लुगाहरुले तीनवटा दराज त भरिसकेको छ। एक दुई बर्ष पुराना कतिपय लुगाहरु विभिन्न आश्रममा आश्रितहरुलाई वितरण गरेर पुण्य कमाउने कार्य पनि गर्दैआएकी छन्।

एक्लै एकान्तमा बस्दा मन खलबलिने तथा खलबलिएको मनमा धेरै तनाब हुने भएकोले यसरी मन भुलाउने कार्य गर्दैआएकी नानुलाई यसरी रम्दा नानुको मनले मज्जा मान्ने गरेको छ। यसकारण पनि आफ्नो मनले खोजेको र मनले चाहेको कुरामा निर्धक्क रम्नुपर्ने अवधारणा नानुको रहेको छ।

विश्वविख्यात नेपाली फोटोग्राफर च्याङ्बा लामाको जीवन संगीनी नानु र च्याङ्बाको दाम्पत्य जीवन पनि यो बर्षवाट चौविस बर्ष पूरा हुने क्रममा रहेको छ। दुई छोरी र एक छोराकी आमा नानु विवाह हुंदा चौध बर्षकी मात्र भएको पनि बताएकी छन्। त्यो उमेरमा विवाहको खासै महत्व र आवश्यकता थाहा नभएको बताउंदै तीन सन्तानको आमा भएपछि समय र परिस्थितिले यसको महत्व र आवश्यकता बुझेको नानुले भनेकी छन्।

श्रीमान च्याङ्बा लामाका अनेक दुःखको साझेदार नानुले कठिन भन्दा कठिन दुःखको सामना पनि गरेकी छन्। अपत्यारिलो सुख पनि भोगेकी पनि छन्। यसले गर्दा पनि जिन्दगीलाई अनौठो मान्ने गरेकी नानु आफ्नो जिन्दगीवाट आफै रमाउंदै हिंड्नु पर्दछ भन्ने पक्षमा रहेकी छन्।
प्रकाशन मिति–२०७६ साल भदौ २० गते शुक्रवार ।