तराई मधेस आन्दोलन र भारतको नाकाबन्दीले जनतालाई गांजिरहंदा र अहिलेको सरकारको उपस्थिति समेत निरीह देखिरहेका बेला आज मैले हाम्रा यी समस्याको सुक्ष्म विश्लेषण र उपचारका बारेमा छलफल गर्न अन्तर्रराष्ट्रिय कानूनका विज्ञ प्रा. सूर्य सुवेदी लाई निम्त्याएको छु ।
के अहिलेको नाकाबन्दीलाई भारतको ज्यादती भन्न मिल्छ ? भारतले भूपरिवेष्ठित मुलुकमाथी नाकावन्दि लगाइरह“दा कुन–कुन अन्तर्रराष्ट्रिय कानूनको उल्लङघन गरेको छ ? अन्तराष्ट्रिय कानूनले भारतले गरिरहेको कार्यलाइ कुस्तो किसिमको अपराध मान्छ ? अन्तराष्ट्रिय संगठनहरुमा भारतलाई कुनै कानूनी कठिनाइ पर्न सक्छ की सक्दैन ? डब्लु.टी.ओ.का सदस्य राष्ट्रविचको प्रावधानले एक–अर्का राष्ट्रविच ब्यापार कानून उल्लङघन गर्न नपाइने बताएको छ । के भारतलाई यो नियम लागु हुदैन ? नेपालले चाहेमा अन्तर्राष्ट्रिय रुपमा भारतलाई कसरी दबाब दिन सक्छ ? अनि यो सरकार किन यति निरिह भएको देश भित्रको समस्या समाधान गर्न ? के अहिलेको राजनीतिक समस्यको कुनै निकास छैन ? लगायत प्रश्न हुनेछन सुवेदीलाई ।
आजका मेरा अतिथि अन्तर्रराष्ट्रिय कानूनका प्राध्यापक सूर्य सुवेदी हाल बेलायतमा क्रियाशिल चीरपरिचित नाम हो । बेलायतको प्रतिष्ठित लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानून पढाउंदै आउनु भएका सुवेदीसंग बेलायत सरकारकै कानूनी सल्लाहकार भएर काम गरिसकेको अनुभव छ । बेलायतको परराष्ट्र मन्त्रालयको मानव अधिकार सम्बिन्ध उच्चस्तरीय आयोगको सदस्य समेत रहीसक्नु भएका सुवेदीसंग संयुक्त राष्ट्र संघको कम्बोडियाका लागि मानव अधिकार सम्बन्धी विषेश दूत भएर काम गरेको ६ वर्षको अनुभव छ । त्यस्तै विश्व आर्थिक मञ्च र जेनेभास्थित अन्तर्रराष्ट्रिय ब्यापार तथा दिगो आर्थिक विकाश केन्द्रले वैदेशिक लगानी सम्बन्धी अन्तर्रराष्ट्रिय नीति निमार्ण गर्न गठन गरेको उच्चस्तरीय कार्यसमितीको सदस्यका रुपमा समेत काम गरेको अनुभव उहा“संग छ । अन्तर्रराष्ट्रिय कार्यक्ष्ँेत्रमा नै कानूनको ज्ञाताका रुपमा आफ्नो छवि बनाउन सफल सुवेदी हामीसंग आज टफ टकमा हुनुहुन्छ मुलुक भित्रको हालको राजनीतिक संकट र भारतको नाकाबन्दी अन्तर्रराष्ट्रिय कानूनको आंखाबाट विश्लेषण गर्न ।