Dhurba Dutta with Bina Rai 1

काठमाडौ। ख्यातिप्राप्त गायक उदित नारायण झाको मार्मिक एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। हाइलाइट्स नेपाल मार्फत झरी सरी बर्सिंदै छ आंसु तिम्रो यादमा बोलको गीतको उक्त भिडियो सार्वजनिक भएको हो।

सुल्तान इडिंगोले निर्देशित उक्त गीतको लेखन अनल गौतम र संगीत अर्जुन पोखरेलको छ। भिडियोमा बेलायतवासी नायक ध्रुव दत्त र मोडल एवं मेकअप आर्टिष्ट बिना राईले जोडदार अभिनय गरेका छन्।

Dhurba Dutta with Bina Rai 2तीन घुम्ती, द प्लान लगायत चलचित्रका चर्चित नायक दत्तको यतिखेर बेलायतमा जीगिसा नामक नाटकले दर्शक मन बटुलिरहेको छ। मोडल बिना राईको केही साताअघिमात्र गायक स्वरुपराज आचार्यले गाएको यो सांझ‘गीतको म्यूजिक भिडियो सार्वजनिक भएको थियो। मेकअपका क्षेत्रमा बेग्लै पहिचान बनाएकी उनी हालै नेपाल गएर फेसन शोमा ‘मेकअप डेमोन्सट्रेसन गरेर चर्चा बटुलेकी थिइन्।

Dhurba Dutta with Bina Rai 3


प्रकाशन मिति–२०७४ साल जेष्ठ ३ गते बुधवार ।