Reema 3

काठमाडौ। बलिउडमा ‘हँसिली आमाकोरुपमा चर्चित अभिनेत्री रीमा लागूको ५९ वर्षको उमेरमा उपचारकाक्रममा निधन भएको छ।

बुधबार टाउको दुखेर मुम्बईस्थित बेन धीरुभाइ अम्बानी अस्पतालमा भर्ना भएकी रीमालाई रातको एक बजे अस्पतालले मृत घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ।

Reema 5

हिन्दीफिल्म तथा मराठी रंगमञ्चमा सफल आमाको भूमिका निभाएकी रीमालाई भारतीय चलचित्रमा सबैले हँसिली आमाकोरुपमा चिन्ने गरेका छन्। टेलिभिजन कार्यक्रममासमेत रीमाले लोकप्रिय कलाकारकोरुपमा ख्याती कमाएकी थिइन्।

Reema 4श्याम बेनेगल निर्देशित फिल्म ‘कलयुग’बाट रीमाले फिल्मीयात्रा सुरु गरेकी थिइन्। रीमाले ‘मैने प्यार किया’, ‘आशिकी’, ‘साजन’, ‘हम आपके है कौन’, ‘वास्तव’ ‘हम साथ–साथ है’जस्ता सफल बलिउड चलचित्रबाट ख्याती कमाएकी थिइन्।

Reema 2भारतीय फिल्म क्षेत्रमा रीमालाई ‘मदर इन्डिया’ फिल्मकी नायिका नरगिससँग दाँजेर हेरिन्थ्यो। सन् १९९० मा म्यूजिकल रोमान्टिक फिल्म ‘मैने प्यार किया’बाट रीमा उत्कृष्ट सहनायिकाकोरुपमा फिल्मफेयर अवार्डमा नोमिनेसनमा परेकी थिइन्।

प्रकाशन मिति–२०७४ साल जेष्ठ ४ गते विहीवार ।