kala-yatra-3काठमाडौ। ललितपुरको सौगल स्थित योङ्ग पिकासो आर्ट कम्युनिटी स्कुलको आयोजनामा रौतहट जिल्लामा कला यात्रा शुरु गरेको छ। काठमाडौवाट रौतहट पुगेका कलाकारहरुले त्यहाँ कुष्ठरोग प्रभावित स्थानिय व्यक्तिहरुलाई अगाडि राखेर उनीहरुको कला रचना गरेर प्रेरणा दिने कार्य गरेका छन्।

kala-yatra-1

योङ्ग पिकासोका म्यानेजिङ्ग डाइरेक्टर तथा प्रसिद्ध कलाकार अजय देसारको नेतृत्वमा गएको कलायात्रामा देसार सहित ६ जना कलाकारहरुको सहभागिता रहेका छन्। पकबहादुर थापा, किशोर नकर्मी, राजमान महर्जन र रमेश श्रेष्ठ लगायतका कलाकारहरुले कलायात्रामा कलाको माध्यमवाट बेग्लै पहिचान दिने कार्य भएको भिजन संसारको रौतहट समाचारदाताले जनाएको छ।

kala-yatra-2

रौतहट जिल्ला अन्य जिल्ला भन्दा कुष्ठरोगवाट प्रभावित अधिक रहेको जिल्लाको रुपमा मानिएको छ। यसले गर्दा योङ्ग पिकासोका कलाकारहरु चित्रको माध्यमवाट कुष्ठरोग संवन्धी विविध जानकारी लिन र दिन रौतहटमा कलायात्रा गरेको आयोजक योङ्ग पिकासोका म्यानेजिङ्ग डाइरेक्टर देसारले भनेका छन्।

kala-yatra-4

 

प्रकाशन मिति–२०७३ साल पुष ७ गते विहीवार