Daman Rupakheti 2काठमाडौ। धुर्मुसे–सुन्तली र माग्नेबूढा जस्ता मेरीबाँस्सैका चर्चित कलाकारहरुलाई जन्माउने अग्रज हाँस्य कलाकारको खासै खोजी गरेको पाइएको छैन्। यी चर्चित हाँस्य कलाकारलाई जन्माउने अग्रज कलाकार हाल उनीहरुभन्दा लोप्रोफाइलमा बसिरहेका छन्।

त्यो कलाकार यतिखेर नेपालवाहिर बेलायत प्रवासमा एक महिनाका लागि पुगेर त्यहाँका नेपालीहरुलाई हाँस्न र हसाउन अत्यन्त व्यस्त बनेका छन्। त्यो कलाकार अरु कोही नभइकन चर्चित हाँस्य अभिनेता दमन रुपाखेती हुन्। धुर्मुसे–सुन्तली, माग्नेबूढा जस्ता मेरी बाँस्सैका अत्यन्त चर्चित कलाकारलाई जन्मदिने यी दमन बूढा गत अप्रिल १९ तारिखवाट बेलायतका विभिन्न स्थानमा हाक्का–हाक्की सिरियलका राईबूढाका साथमा जमेर दर्शक हसाउन व्यस्त बनेका छन्।

Daman Rupakheti 1

बेलायतको पिस इन्टरटेन्टमेन्टको निम्तोमा बेलायत पुगेका दमन बूढाले राईबूढासाथमा बेलायतमा हसाउनु हसाएको बेलायतवासी नेपालीहरुको ठहर रहेको छ। साथमा गायिका विष्णु चेम्जोङ्ग र कला राई लगायतकाको प्रस्तुतिले दमन बूढा र राईबूढाको प्रस्तुतिमा थप रौनकता पाइएको छ।

२८ बर्ष लामो हाँस्य कलाकारिताको उर्बरतामा रमेका दमन बूढा उमेरले बूढा नै नभएतापनि मेरी बाँस्सै छाडेपछि झ्याइँकुटी–झ्याइँ, हाक्का–हाक्की जस्ता सिरियलमा बूढाकै रोलमा व्यस्त बनेका छन्। यी दमन बूढाको नेपाली राजनीतिक तिखो व्यंग्यलाई सवैले रुचाएका छन्।
प्रकाशन मिति–२०७४ साल बैशाख २२ गते शुक्रबार ।