Radheshyam Pradhan sammanit.1काठमाडौ। यो वर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार सङ्गीतकार रायन (नारायणभक्त श्रेष्ठ), नृत्य निर्देशक राधेश्याम प्रधान, लोक गायिका चन्द्रकला शाह र नाटककार अशेष मल्ललाई प्रदान गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा विहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सम्मान तथा पुरस्कार प्रदान गरेकी हुन्।

ती सवै पुरस्कारको राशी जनही नगद १ लाख रुपैया रहेको छ।

Radheshyam Pradhan sammanitप्रकाशन मिति–२०७४ साल बैशाख २१ गते विहीवार ।