काठमाडौं। नेपाली चलचित्रका महानायक राजेश हमालले होटल व्यवसायहरु नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण क्षेत्र भएको बताएका छन्। शुक्रबार काठमाडौंमा भएको नेपाल होटल अवार्ड २०२२ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानायक हमालले होटल व्यवसायहरु नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण भएको बताएका हुन्।

हमालले नेपाल पर्यटनको आकर्षण केन्द्र रहेकाले धेरै भन्दा धेरै पर्यटकहरुलाई नेपाल भित्र्याउनसके नेपालले अर्थतन्त्रमा फड्को मार्ने जिकिर गरेका छन्। महानायक हमालले अहिले नेपालका विभिन्न स्थानमा हातमा गन्न नसकिने होटलहरु भइसकेको भन्दै ती होटलको व्यवस्थापन र सञ्चालन कसरी भएको भन्ने बारेमा पनि निरिक्षण हुन जरुरी रहेको कुरामा समेत जोड दिएका छन्।

हमालले देशमा अहिले च्याउ उम्रिएझैं होटलहरु बन्दै गएपनि तिनीहरुको गुणस्तर कस्तो छ भन्ने कुराले पर्यटकहरुको ध्यानाकर्षण हुने बताएका छन्।

प्रकाशन मिति–२०७९ साल मंसीर १७ गते शनिवार ।