box film award 7काठमाडौ। बेलायतको थर्ड आइ टिम र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त आयोजनामा बेलायतमा दशौं बक्स अफिस फिल्म फेयर अवार्ड संपन्न भएको छ। १ जुलाई आइतवारका दिन बेलायतको अल्डरसट स्थित एम्पायर हलमा भव्य रुपमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो।

box film award 5पहिलो पटक बेलायतको थर्ड आइ टिम र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त प्रयासमा नेपाली चलचित्र क्षेत्रमा अविरल रुपमा सक्रिय भएका निर्माता, वितरक, हल व्यवसायी, संगीतकर्मी, नायक, नायिका, प्राविधिक र अन्य फिल्मकर्मीहरुको सहभागितमा भव्य रुपमा अवार्ड संपन्न भएको यस अवार्डका संस्थापक आरके सुवेदीले लण्डनवाट विज्ञप्ति जारी गरेर भनेका छन्।

box film award 8

box film award 1अवार्ड समारोहमा विगत लामो समयदेखि वेलायतमा बस्ने बुद्धिजिवी, व्यापारी, समाजसेवी र नेपाली चलचित्र र कलासंस्कृतिलाई माया गर्ने दर्शकहरुको हर्षउल्लासको साथ सहभागिता जनाएका थिए। बेलायतमा बस्ने कलाकारहरु र नेपालबाट बेलायत आएका चर्चित कलाकार आर्यन सिग्देल, करिश्मा मानन्धर, केकी अधिकारी, बर्षा सिवाकोटी, सलोन बस्नेत, अनुपविक्रम शाही, दिया पुन, नम्रता योगी, कुशल थापा लागयत दुई दर्जन चर्चित कलाकारहरुले अवार्डको रौनक बढाएका थिए।

box film award 4अवार्डलाई भव्य बनाउन बलिउडबाट लोकप्रिय गायिका सञ्जिवनी र नेपालबाट आनन्द कार्कीको सुमुधुर संगीतले अवार्ड हल गुञ्जयमान भएको थियो । नेपालबाट दर्जनौं वरिष्ठ चलचित्रकर्मीहरु र बेलायतमै बस्ने विभिन्न अग्रज र सम्मानित व्यक्तिहरुले अवार्डका बिजेताहरुलाई ट्रफी प्रदान गरेका थिए । पहिलो पटक आयोजना गरेको अवार्ड पाउने भाग्मानी विजेताहरु यस प्रकार छन्–

box film award 6१.सर्वश्रेष्ठ श्रृगांर –सरोज पाण्ड–पुरानो डुंगा
२. सर्वश्रेष्ठ कला निर्देशक–(आशिष दाहाल र कसम नेपाल जंगे)–पुरानो डुंगा
३.सर्वश्रेष्ठ भेषभुषा–उतम बनेपाली–केम तिम्रो होईन ?
४.सर्वश्रेष्ठ ध्वनि मिश्र–सुनयमान श्रेष्ठ–छक्का पन्जा
५. सर्वश्रेष्ठ पाश्र्व संगीत–शैलेस श्रेष्ठ–गाजलु
६. सर्वश्रेष्ठ कलर करेक्सन–राजेन्द्र मोक्तान– गाजलु
७. सर्वश्रेष्ठ भिएफएक्स–अनन्त घिमिरे– द विइनर
८. सर्वश्रेष्ठ खलनायक–अर्पण थापा–वीर बिक्रम
९.सर्वश्रेष्ठ हास्य कलाकार केदार घिमिरे– छक्का पन्जा
१०. सर्वश्रेष्ठ बाल कलाकार साइब्रत आचार्य–छांया
११.सर्वश्रेष्ठ नृत्य निर्देशक बिक्रम स्वार– लुट
१२. सर्वश्रेष्ठ पटकथा दीपक राज गिरी– छक्का पन्जा
१३. सर्वश्रेष्ठ संवाददिपक राज गिरी– छक्का पन्जा
१४. सर्वश्रेष्ठ कथा लक्ष्मण सुवेदी –लाल जोडि
१५. सर्वश्रेष्ठ सम्पादक बिपिन मल्ल –छ्क्का पन्जा
१६. सर्वश्रेष्ठ छायांकार रामकुमार केसी– बीर बिक्रम
१७.सर्वश्रेष्ठ द्वन्द्व निर्देशक एन. बि महर्जन– जय परशुराम
१८. सर्वश्रेष्ठ चरित्र अभिनेता गौरी मल्ल–गाजलु
१९. सर्वश्रेष्ठ चरित्र अभिनेत्री माओत्से गुरुङ
२०. सर्वश्रेष्ठ सह–नायक सलोन बस्नेत
२१. सर्वश्रेष्ठ सह–नायिका( दिया पुन वीर बिक्रम
२२. सर्वश्रेष्ठ नव नायिक दिया पुन
२३. सर्वश्रेष्ठ नव नायक (आर्यन अधिकारी के म तिम्रोहोईन र
२४. सर्वश्रेष्ठ नायकिा ( केकि अधिकारी लभ सासा
२५. सर्वश्रेष्ठ नायक आर्यन सिग्देल–होमर्क
२६. सर्वश्रेष्ठ नवनिर्देशक नरेश केसि डाइन्ड क्यानल
२७. सर्वश्रेष्ठ निर्देशक मिलन चाम्स –वीर बिक्रम
२८. सर्वश्रेष्ठ चलचित्र वीर बिक्रम

बेलायतबाट संगीत अवार्ड
१ उत्कृष्ट गीतकार–शान्ति प्रिय– छक्का पन्जा
२ उत्कृष्ट संगीत राजन राज शिवाकोटी–छक्का पन्जा
३ उत्कृष्ट गायिका अन्जु पन्त –छक्का पन्जा
४ गायक तारा प्रकाश लिम्बू– वीर बिक्रम

sundar shrestha awardआयोजक संस्था नेपालको तर्फबाट पपुलर अवार्ड
१. सर्वश्रेष्ठ स्टुडियो– रेड स्टिडियो
२. सर्वश्रेष्ठ पोस्टर डिजाइन सुन्दश्रेष्ठ–छक्का पन्जा
३. सर्वश्रेष्ठ निर्माण नियन्त्रक सुमन रा गिरि–छक्का पन्जा
४. सर्वश्रेष्ठ प्रोमोसाहिल खान –के म तिम्रो होइन र ?
५. सर्वश्रेष्ठ वितरक गोपाल कायस्थ– छक्का पन्जा (राजधानी ) केदार पराजुली बिरबिक्रम (मोफसल )
६. सर्वश्रेष्ठ विशेष चलचित्र– तीन घुम्ती
७. सर्वश्रेष्ठ सफल डिजिटल कारोबार –हाइलाइट् नेपाल
८. सर्वश्रेष्ठ सफल सिनेमा हल–अष्टनारायण हल
९.सर्वश्रेष्ठ सक्रिय संघसंस्था– कलाकार संघ
१०.सर्वश्रेष्ठ अवार्ड आयोजना– नेफ्टा अवार्ड
११.सर्वश्रेष्ठ कलाकार –ज्योति काफ्ले– लाल जोडी
१२. सर्वश्रेष्ठ नायिका आयुस्मा कार्की–लाल झोडी
१३. सर्वश्रेष्ठ नायक– निखिल उप्रेती
१४.सर्वश्रेष्ठ निर्माता –सन्तोअन्जु,
१५.सर्वश्रेष्ठ– निर्देशक दिपा श्री निरौला
१६.लाइफटाइम अचिभमेन्ट– दीपक क्षेत्री
१८ पत्रकारिता युवा प्रोत्साहन पुरुस्कार– जीवन पराजुली
१९ पत्रकारिता नगद सम्मान–श्याम अर्याल इमेज टिभि
२० विशेष सम्मान– सुन्दर लाल श्रेष्ठbox film award 2प्रकाशन मिति–२०७४ साल असार १८ गते आइतवार ।