Shailesh Dangol Progm 2काठमाडौ। जनजातिका विभिन्न भाषा तथा कला–संस्कृतिको पहिचान दिने खालका टेलिभिजनको आवश्यकता महशुश गरिहेको अवस्थामा जनजातिको पहिलो एकमात्र टेलिभिजन इन्डिजिनियस टेलिभिजन स्थापना भएको छ। यस टेलिभिजन प्रसारण शुरु भएयता नेवालय नामक नेवार भाषाको कार्यक्रम दैनिकरुपमा प्रसारण शुभारम्भ गरिएको छ।

जसको शुभारम्भ नेपालका चर्चित हाँस्यअभिनेता मदनकृष्ण श्रेष्ठले काठमाडौको बागबजारमा आयोजित कार्यक्रममा आइतवार शुभारम्भ गरेका छन्। जनजातिका कार्यक्रमलाई मात्र विशेष रुपमा प्रसारण गर्ने उदेश्यले इन्डिजिनियस टेलिभिजनको स्थापना भएको टेलिभिजनका संस्थापक मध्येका एक जगत दोङ्गले बताएका छन्। प्रमुख दोङ्गले बज्र क्रियशनको प्रस्तुतिमा नेवारभाषाको नेवालय कार्यक्रम हरेक दिनको साँझ ६.३० बजेदेखि ७ बजेसम्म प्रसारण हुने र त्यसको रेकर्ड प्रसारण विहान र दिउंसो पनि हुने बताएका छन्।

नेवालय कार्यक्रममा हरेक दिन फरक कार्यक्रम हुने जानकारी नेवालयका प्रस्तुतकर्ता बज्र क्रियशनका प्रमुख शैलेश डंगोलले बताएका छन्। शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठको अलावा नेपालभाषा आन्दोलनका प्रवद्र्धक मल्ल के सुन्दर, संगीतकार अमरराज शर्मा, पत्रकार विजयरत्न तुलाधर, कलाकार सुरेन्द्र तुलाधर, खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य लगायतले जनजातिका कार्यक्रम टेलिभिजनमा आवश्यकता र महत्वका विषयमा गहन रुपमा बोलेका थिए।

कार्यक्रममा काठमाडौ महानगरपालिका वडा नंवर २९ का विजयी जनप्रतिनिधि तथा नेवालय कार्यक्रमका प्रस्तोताहरुलाई सम्मान पनि गरिएको थियो।

Shailesh Dangol Progm 1प्रकाशन मिति–२०७४ साल असार १८ गते आइतवार ।