![Minister Mr. Janardan Sharma](http://www.visionsansar.com/wp-content/uploads/2017/01/Janardan-Sharma.jpg)
काठमाडौ उपत्यकामा लोडसेडिङ्ग हटाएर वाहवाही कमाएका नेपालका ऊर्जा मन्त्री जर्नादन शर्मामाथि पश्चिम नेपालको अर्घाखाँचीमा ढुंगामुढा भएको छ।
अर्घाखाँचीको सदरमुकाम सन्धीखर्कमा आयोजित अर्घाखाँची महोत्सवमा प्रमुख अतिथिको रुपमा पुगेका मन्त्री शर्मामाथि ढुंगामुढा भएको हो। मन्त्री शर्मा भन्दा पहिला संवोधन गर्ने माओवादी नेता डिलाराम आचार्यले ५ नंबर प्रदेश विभाजन हुँदैमा असर नपर्ने भनेपछि आक्रोशित स्थानियले मञ्चमा ढुंगामुढा भएपछि मन्त्री शर्मालाई हम्मे हम्मे जोगाएर काठमाडौ फिर्ता पठाउन स्थानिय प्रशासन सफल भएको थियो।
आक्रोशित भीड नियन्त्रण गर्न प्रहरीलाई समेत गाह्रो भएपछि माओवादी नेता डिलाराम आचार्यले माइकवाटै आफूले बोलेका शव्द फिर्ता गरेर माफी मागेपछि नियन्त्रणमा आएको थियो। मन्त्री शर्मा भने कुनै संवोधन नगरिकन काठमाडौ फर्कन बाँध्य बनेका थिए।
प्रकाशन मिति–२०७३ साल पुस २८ गते विहीवार ।