![Mr.Swojan Raghubanshi-Degree Holder Dancer of Nepal](http://www.visionsansar.com/wp-content/uploads/2017/10/Swojna-Raghubanshi-1.jpg)
काठमाडौ। कात्तिक नाचका अदभूत अवतार मानिएका नेपालका रेकर्डेट डिग्री होल्डर डान्सर स्वजन रघुबंशी नायक पनि बन्न थालेका छन्। केही समययता विभिन्न म्युजिक भिडियोहरुमा डान्सर रघुबंशी नायक बन्न थालेको हो।
पछिल्लो पल्ट गायिका रुपा गिरीको गायन रहेको गीतमा बबाल अभिनय गरेका छन्। ट्राजेडी प्रेम कथामा आधारित गायिका गिरीको गीतमा एकदमै नयाँ विषयवस्तुमा हिरोको भूमिकामा अभिनय गरेका हिरो रघुबंशीका हिरोइन भने चर्चित मोडल कृष्टिना थापाले अभिनय गरेकी छन्।
बासु बरालको छायाँकन तथा निर्देशन प्रेमकृष्ण बजगाइँले गरेका छनभने, सहनिर्देशन मीरा महत बजगाइँले गरेकी छन्। पेज थ्री अवार्डमा बेस्ट मेल एक्टर अवार्डमा नोमिनेट कलाकार समेत रहेका डान्सर रघुबंशी निकट भविष्यमा चलचित्रहरुमा पनि बेजोड हिरो बन्ने सोचमा रहेका छन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक ११ गते शनिवार ।