गायक राजेश हमाल क्यापिटल अवार्डवाट सम्मानित

0 minutes, 0 seconds Read

Rajesh Hamal Capital Awarded 1काठमाडौ। लामो समय देखि नेपाली गीत–संगीत क्षेत्रमा उल्लेखनिय योगदान दिदै आएका पपस्टार राजेश हमाल क्यापिटल अवार्डवाट सम्मानित बनेका छन्।

मेसेन्जर व्याण्डका प्रसिद्ध गायक हमालले विगत दुई दशकदेखि नेपाली समसामयिक गीत गायन तथा इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा दिएको योगदानको उच्च मूल्याँकन गरेर सम्मान प्रदान गरिएको आयोजक क्यापिटल इभेन्ट म्यानेजमेन्टले भनेको छ।

Rajesh Hamal Capital Awarded 2

मंगलवार काठमाडौको राष्ट्रिय नाचघरमा आयोजित भव्य सांस्कृति कार्यक्रम सहित भएको क्यापिटल अवार्डवाट गायक हमाल सम्मानित बनेका हुन्। हमालका साथमा नेपाली रंमञ्च क्षेत्रमा लामो समयदेखि कार्यरत राजु हमाल, अर्का गायक तिलक बम मल्ल लगायतलाई पनि सम्मानित गरिएको थियो।

Rajesh Hamal Capital Awarded 3प्रकाशन मिति–२०७३ साल भदौ १५ गते वुधवार ।

Similar Posts