Samay Drishya Award 1लण्डन। बेलायतमा मञ्चन भएको रंगमञ्चीय नाटकको इतिहासमा ऐतिहासिक नाटक बन्न सफल नाटक समय दृश्यका कलाकार तथा प्राविधिकहरुलाई सम्मानित गरिएको छ।

Samay Drishya Award 7

नेपालमा गत बर्ष बैशाख १२ र २९ गते गएको विनाशकारी महाभूकम्पले निम्त्याएको यथार्थ कथावस्तुलाई नाटकको माध्यमवाट जस्ताको तस्तै समय दृश्य नाटकमा प्रस्तुत गरिएको थियो। त्यस नाटकमा कलाकार तथा प्राविधिक र निर्देशकले गरेको अथक मेहनत र प्रयासको उच्च मूल्यांकन गरेर सम्मान गरिएको समय दृश्य नाटकका निर्माता तेन्जी लामा पाख्रिनले बताएका छन्।

Samay Drishya Award 4

बेलायतका सामाजिक अगुवा विष्णु वहादुर गुरुङ्गको प्रमुख आतिथ्यमा लण्डनमा भएको कार्यक्रममा बुद्धिस्ट कम्युनिटी सेन्टर युकेका संस्थापक काजी शेर्पा, रिडिङ्ग नेपाली कम्युनिटी एशोसियनका अध्यक्ष मनवहादुर गुरुङ्ग आतिथ्यता रहेको थियो।

Samay Drishya Award 2

औपचारिक कार्यक्रमको उदघोषण प्रसुन कँडेल र सांस्कृतिक कार्यक्रमको दुर्गा गुरुङ्ग र दीपक गुरुङ्गले गरेका थिए। गायक एवम् संगीतकार प्रमोद शर्माको मिठो गीत गायनवाट प्रारम्भ भएको कार्यक्रममा सीता शेरचन, जानु लिङ्गदेन, ओमकार अधिकारीले कविता वाचन गरे । अञ्जु श्रेष्ठले भने गीत सुनाउंदा सवै मन्त्रमुग्ध बनेका थिए।

डान्सर कोरियोग्राफर सुरेश श्रेष्ठको कोरियोग्राफीमा दीपक गुरुङ्ग, सुरेश श्रेष्ठ, प्रसुन कँडेल, सुस्मिता थापाले नृत्य प्रस्तुत गर्दा कार्यक्रममा गमकता आएको थियो।  साथमा छोडेन र छोटेनले पनि नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा समय दृश्य नाटकका ज्यासाङ्ग लिङ्गदेन, दुर्गा गुरुङ्ग, ओमकार अधिकारी, अञ्जु श्रेष्ठ, सुरेश श्रेष्ठ, रोशनमणि राई, गंगा गुरुङ्ग, एलिशा पौडैल, राजदीप राई, सुस्मिता थापा, दीपक गुरुङ्ग, डोल्मा, छोतेन लामा, अनु श्रेष्ठ, सीता शेरचन, गंगा गुरुङ्ग, जानु के लिङ्गदेन, श्रीया महर्जन लगायतका कलाकारहरुलाई सम्मान गरिएको थियो।

Samay Drishya Award 5

भक्त स्याङ्गतानको लेखन तथा बरिष्ठ रंगकर्मी सनम कुमार बैरागको निर्देशनमा बनेको समय दृश्यका कलाकार तथा प्राविधिकहरुको सम्मान कार्यक्रममा विविध रोचक सांगितिक प्रस्तुति पनि भएको थियो। जसमा निर्देशक सनम कुमार बैराग आफैले प्रस्तुत गरेको कंगाल देखि करोडपतिसम्मको मूककलाको नृत्यलाई उपस्थित दर्शकहरुले औधी मन पराएको थियो।जसमा बैरागलाई नानी बैराग र सुस्मिता थापाले साथ दिएका थिए।

Samay Drishya Award 3रंगकर्मी निर्देशक बैराग अत्यन्त राम्रो कलाकार तथा निर्देशक मात्र नभइकन अत्यन्त राम्रो नृत्यकार पनि भएको त्यस प्रस्तुतिले प्रमाणित गरेको छ। निर्देशक बैराग आफू पहिला नृत्यकार तथा नृत्य–निर्देशक पनि भएको भिजन संसारसंगको कुराकानीमा खुलासा गरेका छन्।

प्रकाशन मिति–२०७३ साल भदौ १५ गते वुधवार ।