काठमाडौं। यो बर्ष ड्रिम्स गेट इन्टरटेन्टमेन्टले रिलिज गरेको फरकधारको गजबको तीज गीतले व्यापक रेकर्ड राखेको छ। रिलिज भएको दुई हप्तामा नै १० लाखभन्दा बढीले यो गीतलाई मन पराएर हेरिदिएपछि १० लाखको रेकर्डमा पुगेको हो।

आम तीज गीतहरुभन्दा फरक यस तीज गीतको भाका नै नाच दिदीबहिनी रहेको छ। त्यसमाथि पनि यस गीतमा महिला प्रहरीहरुको तीजको कथा–व्यथालाई मुख्य विषयवस्तु बनाएको कारण पनि यो गीतप्रति सवैको आकर्षण बढेको हो।

अर्कोतर्फ यस गीतकी गायिका सर्वाधिक लोकप्रिय गायिका मेलिना राईको गायन भएर पनि मानिएको छ। त्यसको अलावा गलबन्दी फेम हट मोडल अञ्जली अधिकारीको बेजोड अभिनयले यस गीतलाई अझ आकर्षित बनाएको ठहर भएको छ।

कलसी रोकायाको गीत तथा संगीतमा गायन गायिका मेलिना राईको रहेको छ। मिक्सिङ बाजुरालीको रहेको छ। हिट गलबन्दी मोडल अन्जली अधिकारीको अलावा नविता, नविका र कैलाशको बेजोड अभिनय रहेको छ। नृत्य अनिश खत्री, मेकअप चाँदनी गिरी, छायांकन दीपक गिरी र निर्देशन गौरव गिरीको रहेको छ।

प्रस्तुत छ–फरक धारको रेकर्डेट यो गजबको तिज गीत–

प्रकाशन मिति–२०७६ साल साउन १० गते शुक्रवार ।