काठमाडौं। कुनैबेला अत्यन्त लोकप्रिय रहेका हांस्य टेलिसिरियल झ्याइंकुटी झ्याइंकी लभ्लीको रुपमा व्यापक चर्चा पाएकी अभिनेत्री संगम राई यो बर्षवाट २७ बर्ष पुगेकी छन्। अविवाहिता अभिनेत्री राईले यो बर्ष आफ्नो जन्मदिनलाई यादगार बनाउने कार्य गरेकी छन्। त्यो कार्य सिर्जनशील पत्रकारहरुलाई सम्मान गरेर यादगार कार्य गरेकी हुन्।

एक दर्जनभन्दा बढी सिर्जनशील पत्रकारहरुलाई संगम राई सिर्जनशील पत्रकारिता सम्मान–२०७६ वाट सम्मान गर्ने कार्य अभिनेत्री राई आफैले गरेकी छन्। चम्सुरी उपनामले चर्चित हांस्य अभिनेत्री पल्पसा डंगोलको संयोजकत्वमा भएको जन्म दिन कार्यक्रममा डब्बु क्षेत्री, श्याम स्मृत, विदुर गिरी, कृष्ण भट्टराई, नारायण राई, प्रेम पौडेल लगायतका मूलधारका पत्रकारहरुको अलावा धेरैजसो युट्युबर पत्रकारहरुलाई सम्मान प्रदान गरिएको थियो।

डेढ दशकदेखि नेपाली हांस्य अभिनयको अलावा नेपाली चलचित्र तथा भोजपुरी चलचित्रहरुमा समेत त्यतिकै सक्रिय अभिनेत्री राईको विजनेस हाल दुबईमा रहेको छ।

दुबईको ट्राभल एजेन्सीको विजनेसलाई नेपालमा पनि यो बर्षवाट विस्तार गर्ने तयारी रहेको जन्म दिनको अवसरमा उनले खुलासा गरेकी छन्। त्यसको अलावा टेलिफिल्म गुलेलीको पनि शुभारम्भ गरिएको घोषणा गरेकी छन्।

प्रकाशन मिति–२०७६ साल साउन ११ गते शनिवार ।