नारायण गोपालकी बहिनी नृत्य तथा अभिनयकी खानी बरिष्ठ अभिनेत्री गिरिजा श्रेष्ठको निधन

0 minutes, 0 seconds Read

Girija Shresthaकाठमाडौ। स्वर–सम्राट नारायण गोपालकी बहिनी बरिष्ठ अभिनेत्री गिरिजा श्रेष्ठको ७५ बर्षको उमेरमा दुःखद निधन भएको छ। आइतवार काठमाडौको सीतापाइला स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा अभिनेत्री श्रेष्ठको निधन भएको हो।

नेपाली रंगमंच तथा नृत्यको क्षेत्रमा नेपाल राजकिय प्रज्ञा–प्रतिष्ठानको स्थापनाकालदेखि कार्यरत रहेर सेवारत रहेर एक दशकअघि मात्र सेवा निवृत बनेकी अभिनेत्री श्रेष्ठलाई नेपाली नृत्यको धरोहर कलाकारको रुपमा नै लिइने गरेको छ।

Girija Shrestha.1आम कलाकार भन्दा फरक सोच र विचारकी अभिनेत्री श्रेष्ठ प्रचार भन्दा कर्ममा बढी विश्वास गर्ने उनी प्रचारमा कमै मात्र आएको पाइन्छ। यद्यपि, कलाकारितामा सदा अब्बल दर्जाको रुपमा अग्रपंक्तिमा देखिएकी उनले आफूलाई स्वर–सम्राट नारायण गोपालकी बहिनीको रुपमा आफूलाई कहिले पनि चिनाउने कोशिश गरिनन्। यिनै कलाकी खानी अभिनेत्री श्रेष्ठको सुपुत्र निर्जल श्रेष्ठ नेपाली चलचित्रको क्षेत्रमा अब्बल दर्जाको कला–निर्देशकको रुपमा चिनिन्छ।

आमाको छत्रछायाँमा कलाकारितालाई हुर्काउंदै अघि बढेका कला–निर्देशक श्रेष्ठले नेपालवाट निर्मित प्राय कालजयी चलचित्रको कला–निर्देशन गर्ने कार्य गरेर विभिन्न नेशनल अवार्ड जितेका छन्। यतिखेर आमाको शोकमा काठमाडौको गल्कोपाखो–सामाखुशी निवासमा क्रियामा रहेका कला–निर्देशक श्रेष्ठले भिजन संसारसंगको संक्षिप्त कुराकानीमा आमा विनाको संसार अत्यन्त अध्यारो लागिरहेको प्रतिक्रिया दिएका छन्।

प्रकाशन मिति–२०७२ साल फागुन २४ गते ।

Similar Posts