काठमाडौ। नेपालभाषाी फिल्मको संवद्र्धन तथा प्रवद्र्धन अनि यसको विस्तारको मूल उदेश्य बोकेको नेवा फिल्म सोसाइटीले दोश्रो नेवा फिल्म सोसाइटी फिल्म फेस्टिबल तथा सम्मान कार्यक्रम हुने भएको छ।
यही कात्तिक १० र ११ गते काठमाडौको भृकुटीमण्डप स्थित नेपाल पर्यटन वोर्डको सभाकक्षमा फिल्म फेस्टिबल तथा सम्मान कार्यक्रम हुने आयोजक नेवाः फिल्म सोसाइटीका अध्यक्ष लुःजःसिंहले आइतवार सांझ ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बताएका छन्।
अध्यक्ष सिंहले यो बर्षको नेवाःफिल्म सोसाइटी संकिपा सम्मान नेपालको पहिलो चलचित्र आमाकी आमा चैत्यदेवी सिंह र नेपालको अत्यन्त चर्चित हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिने भनेका छन्।
फिल्म फेस्टिबल कुनै प्रतिस्पर्धात्मक रुपमा नभइकन पर्वको रुपमा मनाइन लागेकोले कुनैपनि प्रकारको व्दिविधा गर्न र गराउन आवश्यक नभएको भन्दै अध्यक्ष सिंहले सवैवाट सहयोग हुने अपेक्षा गरेका छन्।
![Chaitya Devi Singh-First Nepali Film Ama's Ama Artist.](http://www.visionsansar.com/wp-content/uploads/2017/10/Chaitya-Devi.jpg)
कार्यक्रममा नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधरवाट नेवाःफिल्म सोसाइटी फिल्म फेस्टिबल र सम्मानको ऐतिहासिक प्रतिक लोकार्पण भएको छ। नेपाल र नेपालीको परिचय दिने ऐतिहासिक धार्मिक महत्वको मच्छिन्द्रनाथको रथ नै यो बर्षको फिल्म फेस्टिबलको प्रतिक चिन्ह हुने भएको छ।
पत्रकार सम्मेलनमा भिजन संसारका समाचार सम्पादक श्याम स्मृतले यसप्रकारको फिल्म फेस्टिबल तथा सम्मान कार्यक्रमले नेपाल भाषाका चलचित्र तथा कलाकारको उचित सम्मान तथा प्रवद्र्धन हुने जिकिर गरेका छन्।
सम्पादक स्मृतले नेपालभाषा लगायतका आदिवासी चलचित्र प्रदर्शनको लागि हलको उचित व्यवस्था गर्नका लागि संवन्धित निकायमा आवाज बुलन्द गर्न अत्यन्त आवश्यक भएको पनि भनेका छन्।
![Madan Krishna Shrestha-Vetran Comedian Artist of Nepal](http://www.visionsansar.com/wp-content/uploads/2017/10/Madan-Krishna-Shrestha.jpg)
कार्यक्रम संचालक तथा आयोजक संस्थाका महासचिव विराजकाजी राजोपाध्यायले यस फिल्म फेस्टिबलमा जापानमा ऐतिहासिक अवार्ड पाउन सफल नेपालभाषाको अत्यन्त चर्चित चलचित्र पखाः विशेष प्रदर्शन गरिने बताएका छन्।
साथमा थम्हं म्हुगु गाः,तापलय, तिन तिकः महाःबिकः, स्वय्नगु, चन्द्रमान, कथहं, अले चिप्याखं कल्लि र लिधंसा फेस्टिबलमा प्रदर्शन गरिने भएको छ। यसअघि गत बर्ष नेवा फिल्म सोसाइटी फिल्म फेस्टिबल र सम्मान धरानमा भएको थियो।
प्रकाशन मिति–२०७४ साल असोज ३० गते सोमवार ।