Rosy Dangol Shrestha 3

काठमाडौ। विशेषत गीतका एल्बमहरु नेपालमा पहिला जस्तो आउन छाडिसकेको अवस्था रहेको छ।अर्कोतर्फ एउटा गीत रेकर्ड गर्नासाथ युट्युबमा हालेर त्यसको मात्र विमोचन गर्ने ट्रेण्ड आइरहेको अवस्थामा आइतवार नेपालभाषी गायिका रोजी डंगोल श्रेष्ठको नयाँ एल्बम यच्चुगु सर्गःको सिडी क्यासेट एल्बम भव्य तथा सभ्य रुपमा विमोचन भएको छ।

Rosy Dangol Shrestha 4नेपाली गीत संगीतको क्षेत्रमा गोल्डेन भ्वाइसका धनी गायकका रुपमा अत्यन्त चर्चा पाएका बरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा एल्बमको सामूहिक रुपमा विमोचन भएपछि सार्वजनिक भएको हो।

नेपालका रक्षा मन्त्री भीमसेनदास प्रधान विशिष्ट अतिथिका रुपमा ढिलैभएपनि उपस्थिति जनाएको यच्चुगु सर्गः एल्बम विमोचन कार्यक्रममा नेपालभाषी तथा गैरनेपालभाषी संगीतकर्मीहरुको पनि व्यापक उपस्थिति रहेको थियो।

Rosy Dangol Shrestha 2पाँचवटा गीत र एक गीतको ट्राक समेत समावेश भएको एल्बम यच्चुगु सर्गःको सार्वजनिक समारोहमा एक गीतको भिडियो प्रदर्शन गरिएको थियो। साथमा गायिका रोजी डंगोल श्रेष्ठले कर्णप्रिय आवाजमा सुमधुर गीत गाएर सवैलाई मन्त्रमुग्ध बनाएकी थिइन्।

कार्यक्रममा एल्बमका गीतकार पूर्णकाजी ज्यापु तथा संगीतकार जुगल डंगालले गायिका रोजी डंगोल श्रेष्ठ र उनको एल्बम यच्चुगु सर्गःएल्बमको विविध पक्षका बारेमा प्रकाश पारेका थिए।

Rosy Dangol Shrestha 6प्रकाशन मिति–२०७४ साल असोज २९ गते आइतवार ।