काठमाडौं। म्यासेन्जर व्याण्डका गहकिला गायक समिर हमालको पछिल्लो गीत माया माया बोलको गीत भाइरल नै बनेको छ। अमेरिका तथा युरोपतिर यो गीतको टिकटक मात्र नबनाइकन गीतको चोरी नै भएको जिकिर गायक हमालको रहेको छ।

यो गीतको भिडियो रिलिज भएको सातादिन पनि नवित्दै चोरी भएपछि हंगामा नै मच्चिएको र पछि माफी मागेपछि साम्य भएको दावी पनि गायक हमालको रहेको छ।

छोटो समयमा नै राम्रो माइलेज पाउन सफल यस गीतको भिडियोमा भाइरल अघोरी बाबाले जादुगर महादेव त्रिपाठीको प्रेमिकाको रोलमा रहेकी मिसेस टुरिज्म शिलाष्मा हमाललाई टुनामुना गरेर भगाएपछिको कथानकताले गीतलाई अझ भाइरल बनाउन मदत गरेको हो।

छोटो समयमा विभिन्न किसिमले भाइरल बन्दा खुशी नै देखिएका गायक हमालले गीतको चोरी हुंदा भने केही दिन आगो नै बन्नु परेको प्रतिक्रिया दिएका छन्। सवैले छोटो समयमा मन पराइदिएकोमा सवैलाई बडा दशैंको शुभकामना सहित धन्यवाद तथा आभार व्यक्त गर्न कुनै कन्जुस्याइ भने गायक हमालले गरेका छैनन्।

प्रकाशन मिति–२०७७ साल कात्तिक २ गते आइतवार ।