हङकङवाट विजय श्रेष्ठको प्रेम–पिडा सार्वजनिक

0 minutes, 2 seconds Read

काठमाडौं। गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित किसिगालका स्थानीय बासिन्दा विजय श्रेष्ठ यतिखेर हङकङमा रहेका छन्। हङकङ बसेको पनि १ दशक पूरा भैसकेको छ। यिनै सामाजिक अभियन्ता समेत रहेका संगीतप्रेमी विजय श्रेष्ठले हङकङवाटै प्रेम–पिडा बोलको गीतको भिडियो निर्माण गरेर रिलिज गरेका छन्।

जुन म्युजिक भिडियोलाई सामाजिक संजाल मार्फत सार्वजनिक गरेको विजय श्रेष्ठका सहोदर भाइ गोकर्णस्थित नेपाली कांग्रेसका युवा नेता बालकृष्ण श्रेष्ठ लाकसले भिजन संसार डटकमलाई जानकारी दिएका छन्। सुगम संगीतमा रुची राख्ने विजयले आफ्नो ब्यस्त समयको बावजुद पनि भिडियोग्राफी र फोटोग्राफीमा हिजोआज हङकङमा व्यस्त रहंदैआएको पनि लाकसले भनेका छन्।

विजयव्दारा निर्माण भएको उक्त म्युजिक भिडियोमा विश्वविख्यात नामी गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने उक्त गीतको रचनाकार समिर रार्इ हुन्। उक्त गीतमा अहर्ना सुत्रधारको गायन रहेको छ। म्युजिक भिडियोमा नव मोडल सीरु तामाङले बेजोड अभिनय गरेकी छन्।

हङकङमा रहेतापनि विजयले स्वदेशका दोलालघाट, गोकर्ण, बुढानिलकण्ठ जगडोल लगायतका बिभिन्न रमणीय स्थानहरुमा म्युजिक भिडियोको छायांकन गरेका छन्। यसअघि पनि उनले स्टेप वान नामक एकल एल्बमबाट श्रोताहरुको मन जितिसकेका छन्। गुन्जन स्टुडियोबाट रेकर्ड गरिएको उक्त गीत छोटो समयमा नै सामाजिक संजालमा निकै रुचाइएको थियो।
प्रकाशन मिति–२०७६ साल साउन १४ गते मंगलवार ।

https://www.facebook.com/mebijaya/videos/391880724767674/?v=391880724767674

Similar Posts