काठमाडौं। काभ्रेको बनेपामा भव्य समारोह वीच आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ संपन्न भएको छ। यस अवार्डमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादववाट अंग्रेजीमा समेत नेपाली लोकदोहरी गायनमा अग्रता कायम गर्न सफल गायिका सरु थापालाई विशेष सम्मान प्रदान गरिएको छ। फरक सोच र फरकधारकी प्रथम लोकदोहरी उद्यमी समेत रहेकी गायिका थापा प्रथम राष्ट्रपति डा.यादववाट सम्मानित भएकी थिइन्।

अवार्ड कार्यक्रममा शिब नारायण जोशीलाइ नाट्यश्वर म्युजिक अवार्ड लाईफ टाईम एचिभमेन्ट अवार्ड सहित नगद रु ११,१११ वाट सम्मानित गरिएको थियो। नाट्यश्वर स्वर्ण सम्मान बसुन्धरा भुसाल ,चैत्यदेवी ,रजत सम्मान शान्तिप्रिय, बिशेष सम्मान सरु थापाका साथमा हरि कर्माचार्य,नाट्यश्वर रत्न सम्मान उत्तम केसी, सीताराम पोखरेल, कला सम्मान डिबि लामा,कला पत्रकारिता सम्मान सुर्य चन्द, स्वस्तिका चिल्वाल, शिब देबकोटा,अरबिन्द्र गौतम, पुरुश्वतम बस्नेत, बलराम श्रेष्ठ,सचित खड्का, कमला जोशी लगायतले पाएका थिए।

कुल ४५ विधामा गरिएको नाट्यश्वर म्युजिक अवार्ड २०७५ मा उत्कृष्ट सर्जक, गायक गायिका, विभिन्न भाषा भाषीका गित, मोडलहरुलाई अवार्ड प्रदान गरिएको थियो। स्थानिय आयोजक राष्ट्रिय काभ्रेली कलाकार संघ संघको सहकार्यमा अवार्ड भब्यताको साथ सम्पन्न भएको नाट्यश्वर म्युजिक अवार्ड २०७५ का कार्यक्रम निर्देशक किरण अधिकारीले बताएका छन्।
प्रकाशन मिति–२०७५ साल चैत्र १८ गते सोमवार ।