काठमाडौ। अनमोल केसीको क्रेजको अगाडि फिक्का–फिक्का बनेकी चलचित्र कृ की नायिका अदिती बुढाथोकी एक कस्मेटिक कंपनीको ब्राण्ड एम्वासडर बनेकी छन्।

बलिउडमा भारतीय पोर्न स्टार सन्नी लियोनसंग दाँजिएकी ग्ल्यामर्स नायिका अदिती बुढाथोकी ‘जोय’ कम्पनीको उत्कृष्ट उत्पादन जोय पपैया सन डेल्ली नोर्सिङ सनस्क्रिन क्रिमको ब्राण्ड एम्बासडर बनेकी हुन्।

नेपालका लागि जोय कम्पनीका एकमात्र अधिकृत विक्रेता एस.एम.इन्टरप्राईजेजका डाइरेक्टर मनिकर्ण केशी र नायिका बुढाथोकीले संयुक्त रुपमा हस्ताक्षर गरे। ब्राण्ड एम्वेसडर बनेको लगतै नायिका बुढाथोकीले उक्त कस्मेटिक आफूले बर्षौदेखि प्रयोग गर्दैआएको र अत्यन्तल लाभदायक भएको समेत भनेकी छन्।

प्रयोग गरेपनि नगरेपनि ब्राण्ड एम्बासडर बनेपछि भन्नेपर्ने बाध्यता भएपछि मज्जाले भन्न उनले चुकेकी छैनन्।

प्रकाशन मिति–२०७४ साल फागुन ४ गते शुक्रबार ।