Pawan Joshi direction film 10काठमाडौ। विगत पैतालिस बर्षदेखि नेपाली कलाकारितामा निरन्तरता दिदैआएका बरिष्ठ अभिनेता पवन जोशी हिजोआज अभिनयमा भन्दा चलचित्र निर्देशन तथा विभिन्न म्युजिक भिडियो निर्देशनमा अत्यन्त व्यस्त बन्न थालेका छन्। नीर शाह पुस्ताका अत्यन्त प्रभावशाली अभिनेता जोशीले यो बर्ष मात्र आधा दर्जन भन्दा बढी नेपालभाषाका गीतका म्युजिक भिडियोको निर्माण तथा निर्देशन गरिसकेका छन्।

Pawan Joshi direction film 4जोशी आफै सक्षम स्क्रीप्ट राइटर भएको कारण जोशीले निर्देशन गर्ने प्राय गीतका भिडियोहरुमा गीतको बोल अनुसार कलाकार छनौट तथा कथावस्तु चयन हुनेभएवाट भिडियो अत्यन्त राम्रो बन्ने गरेको नेपालभाषाका चर्चित अभिनेता सुशील श्रेष्ठको प्रतिक्रिया रहेको छ। आफू पनि कलाकार भएकोले कलाकारलाई अभिनयमा भिजेर काम गर्नको लागि पूर्वतयारी गराउने अभिनेता जोशीको पहल तथा प्रेरणाले जो कोही पनि जोशीसंग कार्य गर्न उत्सुक बन्ने गरेको पाइएको छ।

Pawan Joshi direction film 1जसले गर्दा नेपाली चलचित्रकी अग्रज नायिका मेलिना मानन्धर, राजमती हिसिला महर्जन, मणिराज लवट देखि नयां पुस्ताकी नायिका यासिना महर्जन समेत जोशीको निर्देशनमा बन्ने गीतका भिडियो तथा चलचित्रमा अभिनय गर्न रमाउने गरेको पाइएको छ। वि.सं.२०२८ सालदेखि नेपाली डबली नाटकवाट अभिनयको करियर शुरु गरेका जोशीले पछि विभिन्न रंगमञ्चका नाटकमा पनि अभिनय गरेका थिए। पछि नेपालभाषाको पहिलो चलचित्र सिलुमा अभिनय गरेपछि नेपाली चलचित्रको अभिनयमा लागेका जोशीले चलचित्र कैदीको निर्माण परिकल्पनाकार तथा निर्देशक बनेका थिए।

Pawan Joshi direction film 8

सशक्त खलनायकको छवि समेत राख्न सफल जोशीले चलचित्र बहादुरमा नायिका विपना थापालाई बलात्कार गरेको दृश्य अझैपनि संझ्नेहरुको कमी छैन्। स्वभाविक अभिनयका धनी जोशीले दर्जनौ नेपाली चलचित्रमा विभिन्न चरित्रमा अभिनय गरेका छन्। नेपालभाषाको हिट फिल्म बाँला–मयजुका निर्देशक बनेर नेशनल अवार्ड पाउने नेपालभाषी पहिलो निर्देशकको रुपमा पनि जोशीले उच्चस्थान हासिल गरिसकेका छन्।

Pawan Joshi direction film 5हाल हृद्यचन्द्र सिंह प्रधानको ऐतिहासिक उपन्यासमा आधारित एक चलचित्रको निर्देशन कार्यमा व्यस्त उनी प्राय गीतका भिडियो निर्देशनमा नै रमाइरहेका छन्। बाँकी बचेको समयमा कालिमाटी स्थित पवन स्टुडियोमा व्यस्त बन्दै आएको जोशीले भनेका छन्।

Pawan Joshi direction film 6प्रकाशन मिति–२०७३ साल भदौ ४ गते शनिवार ।

Pawan Joshi direction film 7