काठमाडौ। नेपाली चलचित्रका अत्यन्त लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको दुई बर्षअघि दुःखद निधन भएयता अभिनेता श्रेष्ठ पत्नी अभिनेत्री स्वेता खड्का त्यति खुल्न सकेकी थिइनन्। पति वियोगको अत्यन्त पीडावाट ग्रुजेकी स्वेता केही समययता बल्ल खुल्न थालेकी छन्। सामान्य जीवनमा फर्कन थालिसकेकी छन्। यसैक्रममा श्रीमानको अधुरा सपना पूरा गर्ने क्रममा स्वेता आफै एक्लै लागिपरेकी छन्।

Sweta_khadka-red-hot_thumb

श्रीमानको गृहजिल्लामा सिन्धुपाल्चोकका भूकम्पपीडितहरुको लागि नयाँ बस्ती विकास गर्ने कार्यमा स्वेताको सहयोग भएको छ। त्यसैगरेर विभिन्न बालआश्रम तथा बृद्धाआश्रमलाई सहयोग गर्ने कार्य गर्दै आएकी स्वेताले अव एक्लै चलचित्र निर्माण गर्ने भएकी छन्। चलचित्र कोहिनूरको रिलिज पश्चात नेपाली फिल्म लाइनवाट टाढा रहेकी स्वेता दर्शकको चाहना बमोजिम नै चलचित्र बनाउन कम्म्र कसेकी हुन्।

चलचित्रको नाम कान्छी राखिसकेकी छन्। अढाई दशकअगाडि निर्माण भएको अत्यन्त सफल चलचित्र कान्छीकै नामवाट नयाँ चलचित्र कान्छी बनाउने तयारी स्वेतावाट भएको छ। जसको निर्देशन कोहिनूरका ब्लक–बस्टर निर्देशक आकाश अधिकारीले नै कान्छीको निर्देशन गर्ने भएका छन्। कान्छी सोसियल फिल्म हुने जानकारी पनि स्वेताले भनेकी छन्।

Sweta Khadka 2अव हरेक बर्ष एउटा फिल्म बनाउंदै जाने घोषणा पनि स्वेतावाट भएको छ। स्वेताले अभिनय गरेको पहिलो चलचित्र कहाँ भेटिएला हो । त्यसपछि श्रीमान–श्रीमती र कोहिनूर हो। अव निर्माण गरिन लागेको चलचित्र कान्छीमा विशेष भूमिकामा स्वेता देखिने भएकी छन्। उनको भूमिका बारेमा गोप्य नै राखिएको छ।

प्रकाशन मिति–२०७३ साल फागुन १३ गते शुक्रबार । (महाशिवरात्री)