काठमाडौं। हाल क्यानाडामा रहेका प्रभावशाली नेपाली चलचित्रका निर्देशक ईश्वर थापा एक पछि अर्को चलचित्र तथा म्युजिक भिडियोहरुमा व्यस्त बनिरहेका छन्।

नेपाल वाहिर प्रवास क्यानाडामा रहेर विश्वकै बैभवशाली अमेरिकासम्म पुगेर नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्माण तथा निर्देशन गरेर अत्यन्त चर्चा पाएका निर्देशक थापालाई अमेरिका तथा क्यानाडाको अलावा नेपालवाट पनि चलचित्र निर्देशनमा अफरै अफर आएको हो।

त्यसमाथि, क्यानाडा तथा अमेरिकामा विभिन्न नेपाली तथा विदेशी गीतका म्युजिक भिडियोहरुको निर्देशन र सम्पादन गर्दैमा निर्देशक थापालाई भ्याईनभ्याई भैरहेको छ। यिनै निर्देशक थापाको पछिल्लो निर्देशन रहेको गत्तिलो नयाँ म्युजिक भिडियो आज तिमी मलाई सार्वजनिक भएको छ।

यस गीतको भिडियोमा पुराना मोडेल कलाकार उद्धब मौसम सापकोटाका साथमा प्रतिभाशाली नयाँ कलाकार अनुषा अधिकारीले डेब्यु गरेकी छन्। अनुषाको यस गीतको भिडियोमा अत्यन्त आशलाग्दो अभिनय रहेको छ।

अमेरिकाको न्यूयोर्कमा आयोजित मिस नेपाल अमेरिका २०१८ मा भाग लिएर अनुषाले कम्युनिटी आउटरिच टाइटल जितेकी छन्।

यस म्युजिक भिडियोका गायक–गायिकामा सुरज कुमार थापा र बानिका प्रधान हुन्। संगीतकार नारायण ओली र गीतकार राखी गौचन रहेका छन्।

 

निर्देशक थापाको निर्देशन तथा सम्पादनमा यस भिडियो तयार भएको हो। सहायक निर्देशन आयुष अधिकारी, द्रोण गेरीको रहेको छ। मेकअप रे किरणले गरेका हुन्।


प्रकाशन मिति–२०७५ साल कात्तिक २४ गते शनिवार ।