काठमाडौं। नेपाली आधुनिक गीत–संगीतका परमहंस महाराज गीतकार बालकृष्ण सजीवको स्वर्णिम निवासमा यल्लो टाइगरको गजबको देउसी–भैलो कार्यक्रम भएको छ। काठमाडौंको बालाजु बनस्थली एराहिटी स्थित यल्लो टाइगर डान्स सेन्टरको आयोजनामा परमहंस महाराज गीतकार सजीवको स्वर्णिम निवास रानीवनमा देउसी–भैलो कार्यक्रम भएको हो।

फरक ढंगवाट फरक शैलीवाट भएको देउसी–भैलो कार्यक्रममा परमहंस महाराजजी गीतकार सजीवले देउसी–भैलो भट्याउने ५१ जना सवैलाई मज्जाले सम्मान गरेर पठाउंदा देउसी–भैलो खेल्न पुगेको यल्लो टाइगर टीम नै तीन छक्क परेका छन्।

यल्लो टाइगर टीमका प्रमुख कार्यकारी निर्देशक सुषमा सिंहले त यल्लो टाइगरको पहिलो बर्षको देउसी–भैलो कार्यक्रम गर्न जांदा यस्तो अलौकिक सम्मान पाइएला भन्ने नसोचेको बताइन्।

सवैले चिन्ने र सवैसंग अत्यन्त घुलमिल गर्न सक्ने अलौकिक खुवी भएका परमहंस महाराज गीतकार सजीवको अजीव कार्यक्रमवाट लठ्ठै परेको यल्लो टाइगर टीमले दुई दिन देउसी–भैलो कार्यक्रम गरेर जहां जता पुगेपनि त्यहाँ सवैको मन जित्न सफलता प्राप्त गरेको छ।

प्रकाशन मिति–२०७५ साल कात्तिक २३ गते शुक्रबार ।