usa-snowकाठमाडौ। विश्वको अत्यन्त बैभवशाली मुलुक अमेरिकामा यो बर्षको यो जाडोमा हिमपात भएको छ। अमेरिकाको विभिन्न राज्यमा भारी हिमपात भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ।

टेक्सासवाट प्राप्त समाचार अनुसार टेक्सासमा पनि यो बर्ष हिँउ परेको छ। अलबामादेखि न्यूयोर्कसम्म हिमपातले प्रभावित बनाएको छ। उत्तर कारोलिनाका बुर्लिङ्गटन, ग्रिन्स्बोरो, रोक्सबोरो लगायतका क्षेत्रमा आठ इन्च अग्लो हिंउको सतहले जमिन ढाँकिएको छ।

ती क्षेत्रमा विमानस्थल समेत बन्द गरिएको छ। हिमपातका कारण सवारी दूर्घटना अत्याधिक भएकोले स्थानिय प्रशासनले सवारी साधन नचलाउन आग्रह गरेको छ।

usa-snow-1प्रकाशन मिति–२०७३ साल पुस २४ गते आइतवार ।