Ishwar Thapa- Film Director of American Babu Made in Nepal
Ishwar Thapa- Film Director of American Babu Made in Nepal

काठमाडौ। अमेरिकाको न्यूयोर्क स्थित ज्याक्सन हाइट, टाइम स्क्वायर लगायतका स्थानहरुमा छायाँकन गरिएको नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको संपूर्ण छायाँकन केही दिनअघि मात्र संपन्न भएको छ।

हाल क्यानाडामा सम्पादन कार्य भैरहेको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको एक गीतको दृश्यमा न्यूयोर्कको संपूर्ण दृश्य हेर्न पाइने जिकिर यस चलचित्रका निर्देशक तथा अभिनेता ईश्वर थापाको रहेको छ। अमेरिकामा नै रहेकी नायिका नन्दिता केसीको अलावा इसान ढकाल, प्रवेश उप्रेती पल, प्रियंका एर, अञ्जली लामा, राजेश गुरुङ्ग, प्रेम गुरुङ्ग, सुरेन्द्र बाँस्तोला, आर जे सी लगायत अमेरिकी कलाकार मे फर्दिनंदको समेत अभिनय रहेको छ।

Nepali Feature Film American Babu Made in Nepal Team.
Nepali Feature Film American Babu Made in Nepal Team.

शंभु मोक्तानको छायाँकन रहेको यस चलचित्रको संगीतकारमा ओम कर्माचार्य र गायक बाबु बोगटी रहेका छन्। निर्माण संझना उप्रेती र सलिना श्रेष्ठको रहेको छ। आगामी नयाँ बर्ष बैशाख महिनामा रिलिज गर्ने टार्गेटमा आफू लागिरहेको निर्देशक थापाले भनेका छन्। अमेरिकामा रहेका नेपालीहरुको यथार्थ कथामा आधारित चलचित्र अमेरिकन बाबु मेड इन नेपाल अमेरिका र नेपालमा एकसाथ रिलिज गर्ने कसरतमा आफू रहेको समेत निर्देशक थापा भन्छन्।

american-babu

ishwor-thapa-in-american-babu-made-in-nepal-2

यस चलचित्रको अमेरिकामा छायाँकनका क्रममा त्यहाँ रहेका नेपाली तथा नेपाली कलाकारहरुको अत्यन्त सहयोग र साथ रहेको थापाले बताए। थापाले नेपालमा रहंदा पैसा, विषालु, सिमारेखा, हाउडे, पन्छी लगायतका चलचित्रहरुमा अभिनय गरेर प्रशस्तै चर्चा कमाएका थिए। यसमध्ये दुई चलचित्र विषालु र हाउडेको निर्माण थापाले गरेका हुन्।

ishwor-thapa-in-american-babu-made-in-nepal-5

प्रकाशन मिति–२०७३ साल कात्तिक ८ गते सोमवार ।