Aslam Khan 3काठमाडौ। नेपालमा एक जमानामा अत्यन्त चर्चित मोडलका रुपमा असलम खानलाई लिइने गरेको छ। पचासको दशकमा नेपाली म्युजिकको अत्यन्त क्रेज भएको बेलामा नेपालका एक से एक गायक–गायिकाका गीतका म्युजिक भिडियोहरुमा मोडल बन्न सफलता प्राप्त गरेका असल व्यक्तित्व असलम खान यतिखेर नेपाल बाहिर प्रवास अमेरिकामा रहेका छन्।

Aslam Khan 5अमेरिकाको क्यालिफोर्निया स्थित सनफ्रान्सिस्कोमा कार व्यवसायमा संलग्न असलमले त्यहाँपनि राम्रै स्टाटस बनाइसकेका छन्। सात बर्षयता अमेरिकाको ग्रीनकार्ड होल्डर समेत बनिसकेका असलमले नेपाललाई माया मारेका छैनन्। आफू जन्मेको अनि हुर्केको तथा आफूलाई असलम खान भनेर चिनाएको मातृभूमि नेपाललाई मुटुमा राखेर अमेरिकामा काम गरिरहेको भिजन संसारसंगको संक्षिप्त कुराकानीमा भनेका छन्।

Aslam Khan 2परिवार सहित क्यालिफोर्नियामा बस्दैआएका असलमले पचासको दशकमा नेपाली म्युजिकलाई अत्यन्त उर्वर बनाउन सक्दो सहयोग गरेका छन्। ताल म्युजिक कंपनी स्थापना गरेर त्यो बेलामा सविन राई, एड्रिन प्रधान लगायतका दर्जनौ गायक–गायिकाहरुलाई उच्च स्थानमा पुर्याउने कार्य असलमवाट भएको थियो। जुन कुरालाई ती गायक–गायिकाहरुले आजको दिनमा आएर संझिरहेको हुनुपर्दछ।

Aslam Khan 4त्यो बेला नेपाली म्युजिक इण्डष्ट्रीमा उर्वरता थियो। म्युजिक सुन जस्तै विक्थ्यो। म्युजिक एल्वमहरु लाखौ लाख मूल्यमा विक्री हुन्थ्यो। गायक–गायिकाहरु मालामाल हुन्थ्यो। उनीहरुलाई मालामाल गराउने कार्य ताल म्युजिक कंपनीवाट असलम खानवाट भएको थियो। हाल अमेरिकामा नै रहेका मूनलाइट रेकर्डसका प्रोप्राइटर चन्द्रप्रकाश घिमिरेवाट पनि भएको थियो। जुन कुरा अमेरिकामा बसेरै असलम खानले संझिरहेका छन्।

त्यो बेला हामीले नेपाली म्युजिकलाई सुन बनायौ, त्यो सुनको यतिखेर नेपालमा भ्यालु नै नभएको र म्युजिकका कुनैपनि एल्वमहरुको विक्री नभएको खवरवाट आफू अत्यन्त चिन्तित बनेको समेत असलमले भनेका छन्। नेपाली म्युजिकको उर्वरताको लागि आफू जहाँ जता बसेपनि सहयोग गर्नका लागि आफू सदा तत्पर रहेको समेत असलमले प्रतिवद्धता जनाएका छन्।

Aslam Khan 1प्रकाशन मिति–२०७४ साल जेष्ठ २७ गते शनिवार ।