काठमाडौं। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री प्रियंका चोपडाले अमेरिकामा नयाँ व्यवसाय शुरु गरेकी छन्। अमेरिकामा अभिनेत्री प्रियंका चोपडाले रेष्टुरेन्ट व्यवसाय शुरु गरेकी हुन।

समाचार अनुसार, प्रियंका चोपडाले अमेरिकाको न्यूयोर्कमा त्यहाँका व्यवसायी मनिष गोयलसंग मिलेर रेष्टुरेन्ट व्यवसाय शुरु गरेकी छन्। विहीवार सोना नामक उक्त रेष्टुरेन्टको अभिनेत्री चोपडाले उदघाटन गरेपछि शुभारम्भ भएको छ।

प्रियंकाको अमेरिकी पति निक जोनसले रेष्टुरेन्टको नाम जुराएका हुन। प्रियंका चोपडालको उक्त रेस्टुरेन्टको भारतीय स्वादसंगै इन्टेरियर डिजाइनको पनि खुब तारिफ भइरहेको छ। जसमा प्रियंका आफैपनि मक्खै परेकी छन्।


प्रकाशन मिति–२०७७ साल चैत्र १२ गते शुक्रवार ।