अमेरिका । विश्वको बैभबशाली मुलुक अमेरिकामा मिस नेपाल नर्थ अमेरिका २०२१ संपन्न भएको छ। यो बर्षको मिस नेपाल नर्थ अमेरिका न्यूयोर्कमा संपन्न भएको हो।

न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२१ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् । ग्रान्ड फिनालीमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै ज्ञवालीले मिस नेपाल नर्थ अमेरिका २०२१ को उपाधि जितेकी हुन् ।

यस्तै फस्टरनरअप याङ्गछेन लामा र सेकेन्डरनरअप शुभेच्छा निरौला घोषित भएका छन् । मिस नेपाल नर्थ अमेरिका २०२१ मा अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए ।

ग्रान्ड फिनालीमा पूर्वमिस नेपालहरु मलिना जोशी, श्रृंखला खतिवडा, सदीक्षा श्रेष्ठ समेत उपस्थित थिए। सुरजसिंह ठकुरी, बासु फुलारा, मलिना जोशी, सवु गदाल कार्की निर्णायक थिए। नेपाली महिलाहरुलाई सशक्त तुल्याउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले बताएका छन्।

प्रकाशन मिति–२०७८ साल साउन २६ गते मंगलवार ।