काठमाडौं। अमेरिकावाट प्रत्येक बर्ष इस्वी संवत अनुसारको नयाँ बर्षमा नेपाली ग्ल्यामर क्यालेण्डर यो बर्ष पनि प्रकाशन भएको छ। अमेरिकास्थित आर.एन.आर. ग्रुप्सले यो नयाँ बष २०२१ सालमा पनि नेपाली ग्ल्यामर क्यालेण्डर प्रकाशनमा ल्याएको हो।

सन् २०२१ सालको नयाँ क्यालेण्डरमा अपूर्वा शाह, रोजी खुराना, प्रेरणा गुरुङ्ग, करुणा क्षेत्री, प्रज्ज्वलिका गिरी, आकृति खनाल, अलिशा अधिकारी, कञ्चन निरौला, अन्जली भुषाल, मुना गौचन, उपासना सिंह ठकुरी र श्रद्धा क्षेत्री फिचरिङ भएका छन्।

क्यालेण्डरमा फिचर भएका मोडलहरु अमेरिका र नेपालमा रहेका नेपाली मोडलहरु नै रहेका छन्। आर.एन.आर. ग्रुप्सले अमेरिकामा इभेन्ट्स, फिल्म प्रदर्शन, फेसन सो लगायतका विभिन्न कार्यक्रम गर्दैआइरहेको छ।

प्रकाशन मिति–२०७७ साल पुस १९ गते आइतवार ।