काठमाडौं। अमेरिकाको मेरिल्याण्ड राज्यको कोलम्बिया निवासी नेपाली युवा संगीतकर्मी राघव खड्काले अमेरिकावाटै पहिलो सांगीतिक प्रस्तुति पस्कने भएको छ। संगीतकर्मी राघवको सांगीतिक कोसेलीको नाम नै अंगालोमा राखिएको हो।

यस सांगीतिक कोसेली अंगालोमालाई चाँडै रिलिज गर्ने अन्तिम गृहकार्यमा रहेको चर्चित नेपाली सांगीतिक व्याण्ड ओकेलीका श्रृजन ताम्राकारले भिजन संसार डटकमलाई अमेरिकावाट जानकारी दिएका छन्।

ओकेली ताम्राकारका अनुसार, अत्याधुनिक अनि कलात्मक ओकोस्टिक गितार भर्सनमा अंगालोमा तयार भएको हो। यस सांगीतिक कोसेलीमा दीपेश कुंवरको शव्द तथा संगीत र गायनमा राघवलाई साथ दिएका छन्।


प्रकाशन मिति–२०७५ साल भदौ २९ गते शुक्रबार ।