काठमाडौं। नेपालका मेकअप आर्टिष्ट सुनकुमार अवालको रमाइलो जिन्दगी रहेको छ। कहिले पनि कसैको कुभलो नचिताउने मेकअप आर्टिष्ट अवाल मेकअप आर्टिष्टवाटै नेपाल प्रहरीको हवल्दार समेत बनेका सफल व्यक्तित्व हुन्।

विसं.२०४८ सालअघिदेखि नै मेकअप आर्टिष्ट कार्यमा लगनशीलतापूर्वक कार्य गर्दैआएका मेहनती अवाललाई त्यो बेला नेपाल प्रहरीमा सिपाहीको त्यो पनि मेकअप आर्टिष्टको जागिरमा अफर आयो। त्यो अफरलाई यथार्थतामा बदल्दै नेपाल प्रहरीको सिपाही बनेर कर्मशील बन्दै नेपाल प्रहरीको सर्वाधिक हिट कार्यक्रम प्रहरी अनुरोधमा कार्यरत बने। प्रहरी अनुरोधमा कार्यक्रममा प्रहरी अधिकृत देखि उच्चओहदाका सवै कलाकारहरुको मेकअप गर्ने कार्यमा अनवरत क्रियाशील बनेका थिए।

नेपाल प्रहरीको १० बर्ष लामो जागिर जीवन पश्चात प्रहरी हवल्दार पदमा विसं.२०५८ सालमा प्रमोसन भएका थिए। नेपाल प्रहरीको प्राविधिक पदमा जागिरे भएतापनि कयन समेत प्रहरी हवल्दार बनेर देशका विभिन्न स्थानमा सेवा गरेका अवाल यतिखेर पूर्वप्रहरी हवल्दार बनिसकेका छन्। नेपाल प्रहरीको सेवावाट निबृत भैसक्दापनि मेकअप आर्टिष्टको कार्यमा क्रियाशील पूर्वहवल्दार अवालको बहिनी गुणलक्ष्मी अवाल पनि नेपालको प्रतिष्ठित व्यक्तित्व नै हुन्।

सुनकुमार अवाल मेकअप आर्टिष्ट बन्दाको अवस्थामा सवैभन्दा पहिला बहिनी गुणलक्ष्मीको अनुहारमा नै मेकअप गरेको त्यो क्षण तथा पललाई अझैपनि संझ्ने गर्दछन्। यसले गर्दा बहिनी गुणलक्ष्मी आफ्नो करियरकै लक्की व्यक्तित्वको रुपमा अवालले लिने गरेका छन्। दाजु प्रतिष्ठित मेकअप आर्टिष्ट तथा नेपाल प्रहरीको हवल्दारसम्म बनेर निवृत बनेकोमा अवाल परिवारकै गौरबताको रुपमा गुणलक्ष्मीले पनि लिने गरेकी छन्।

गुणलक्ष्मी पनि नेपालको भाषा प्रशिक्षकमा अव्वल दर्जाकी रहेकी छन्। भाषा प्रशिक्षणको अलावा व्युटी तालिम तथा नेतृत्व विकास उदघोषण कला तालिमका अगुवा समेत रहेकी गुणलक्ष्मीको गुणगान गाउन अवाल पछि परेका छैनन्। दाजुले बहिनीको र बहिनीले दाजुको महिमा तथा गुणगान गाउने कार्य दुवैले गरेका छन्। जसमा दुवैले गौरबता महशुश गर्ने गरेका छन्।


प्रकाशन मिति–२०७६ साल जेठ १३ गते सोमवार ।