काठमाडौं। सदावहार नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री जोस्ना फुयाँलले आफ्नो जन्मदिन फरकधारमा हरेक बर्षजस्तै यो बर्ष पनि मनाएकी छन्। श्रीस्वस्थानी ब्रत कथा आरम्भका दिन जन्मेकी अभिनेत्री जोस्ना फुयाँलले आमाघरमा पुगेर फरक ढंगवाट आफ्नो जन्मदिन मनाएकी हुन्।

आफू जन्मेको दिन असहाय तथा अनाथहरुलाई केही मिठो–मसिनो खुवाएर जन्म दिन मनाउने पहिलादेखि सोच राखेर जन्म दिन मनाउंदै आएकी जोस्नाले यो बर्षपनि श्रीमान रुपक फुयाँलका साथमा काठमाडौंको रविभवन सोल्टीमोड स्थित आमाघरमा पुगेर त्यहाँ आश्रित ३० जना आमाहरुलाई भोजन गराएर जन्म दिन मनाउने कार्य गरेकी छन्।

आमाघरमा रहेका आमाहरुले प्रत्येक बर्षजस्तै यो बर्षपनि आफूहरुसंग खुशी साटेर जन्म दिन मनाउन आएकी जोस्नाको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै आशीर्वाद दिदा जोस्नाले खुशीको आँशु नै खसालेकी थिइन्।

जन्म दिनको दिन निस्फीक्री अनावश्यक खर्च गरेर मनाउने भन्दा यसरी नै दुःखी–असहाय आमाहरुलाई केही क्षण भएपनि खुशी र सुखी बनाएर जन्मदिन मनाउन पाउंदाको संतुष्टि नै बेग्लै हुने गरेको जोस्नाले भनेकी छन्। जन्म दिनलाई अझ सार्थक वनाउन आमाघरका लागि आवश्यक दुई सिलिण्डर खाना पकाउने ग्याँस पनि जोस्नाले सहयोग गर्ने कार्य भएको छ।


प्रकाशन मिति–२०७७ साल माघ १५ गते विहीवार ।