काठमाडौं। बलिउडकी हट नायिका करिना कपुर फेरि गर्भवती बनेकी छन्। पहिलो सन्तान जन्माएको चार बर्षपछि करिना कपुर गर्भवती बनेकी हुन्।

फरवरी महिनाभित्र दोश्रो पटक आमा बन्ने तयारीमा रहेकी करिनाको पहिलो सन्तान तैमुर खान चार बर्ष पुगेका छन्। पहिलो सन्तान छोरा भएकोले धेरैले अव दोश्रो सन्तानको रुपमा छोरीको अपेक्षा करिना र करिनाको श्रीमान नायक सैफ अली खानको भएको भनिएतापनि छोरा या छोरी हुने भन्ने विषयमा कुनै खुलासा गरिएको छैन्।

पहिलो सन्तानको जस्तो धुमधमाका रुपमा व्यापक प्रचार–प्रसार गर्ने कार्यमा करिना र सैफ दुवै तयार नभएतापनि दोश्रो पटकको आमा बन्ने आखिरी महिनामा आएर गर्भवती भएको फोटो सार्वजनिक गर्ने कार्य करिनावाट भएको छ। गर्भवति भएपछि पनि विभिन्न प्रडक्टका विज्ञापनका काममा निरन्तरता दिइरहेकी करिनाले सामाजिक संजाल इन्स्टाग्रामबाट योगा गर्दै गरेको तस्वीर सार्वजनिक गरेका तस्बीरहरु भाइरल बनिरहेका छन्।

बेबी बम्प सहित करिनाले तस्वीर सार्वजनिक गर्दै योगाले मनलाई शान्त बनाउने गरेको उल्लेख गरेकी छन्। पहिलो सन्तानलाई जन्म दिएको केही महिनामै पूर्ण रुपमा फिट देखिएकी करिनाले बेबी बम्प सहित योगा गरेको तस्वीर सार्वजनिक गर्दै अरुलाई यसप्रकारका फोटोले गर्भवती अवस्थामा योगा गरेर स्वास्थ्यलाई फिट राख्न प्रेरणा दिने कार्य गरेको भारतीय समाचार माध्यमहरुले उल्लेख गरेको छ।


प्रकाशन मिति–२०७७ साल माघ १४ गते बुधवार ।