काठमाडौं। चलचित्रलाई धेरैले मनोरञ्जनको माध्यमको रुपमा मात्र लिइरहेको वर्तमान अवस्थामा यो आम सञ्चारको सशक्त माध्यम भएको कमैलाई थाहा होला। चलचित्रको माध्यमवाट गाउं–ठाउंमा धेरै परिवर्तन आएको छ।

नेपालको ३० बर्षिय पंचायती शासन व्यवस्थालाई मजबूत पार्न त्यो बेला हिजो आज भोलि नामक चलचित्र देखि पच्चीस बसन्त चलचित्रसम्मलाई प्रयोग गरेको पाइएको थियो। ती चलचित्रको माध्यमवाट नेपाली जनतालाई त्यो बेलाका शासकहरुले सजग तथा सचेत वनाउने प्रयास भएको थियो।

पंचायत व्यवस्था पश्चात लोकतन्त्र स्थापना भएपछि नेपाली जनताको पहिलो चलचित्र बलिदानले वर्तमान नेताहरुलाई सचेत वनाउने प्रयास नभएको होइन । सत्तामा पुगेपछि नेपाली जनताका लागि लड्ने तिनै नेताहरु सिनो गन्हाएजस्तै गन्हाउने छ भन्ने बलिदानको एक्स आर्मी रोलमा अभिनय गर्ने मदनकृष्ण श्रेष्ठको बुलन्द अभिनय तथा संवादले सचेत गराएको यथार्थ रहेको छ।

त्यो संवाद तथा यथार्थता वर्तमान सत्ताधारी तथा अपोजिसन पार्टीका नेताहरुले अझैपनि चलचित्र बलिदान दोहोर्याएर हेर्दा अलिकति भएपनि बुद्धि फेरिने थियो। सस्तो मनोरञ्जनको रुपमा लिइने गरेको चलचित्रले विश्वमा कैयन घटना र दूर्घटना निम्त्याएका छन्। कैयन परिवर्तन ल्याएका छन्। त्यसैले चलचित्र सस्तो मनोरञ्जन मात्र नभइकन शिक्षा पनि हो। सञ्चार पनि हो। अझ चलचित्र आम सञ्चारको प्रमुख माध्यम मध्येको एक माध्यम पनि हो।

यिनै चलचित्रको संवन्धित सरकारी निकाय चलचित्र विकास वोर्डका वर्तमान अध्यक्ष दयाराम दाहाललाई शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यमा आमन्त्रण गरेवाट सरकारले पनि चलचित्रको महत्वलाई आत्मसात गरेको पाइएको छ।

चलचित्र विकास वोर्डका अध्यक्ष दाहालले आगामी बर्षको निम्न माध्यमिक विद्यालयको पाठ्यक्रम देखि क्याम्पसको पाठ्यक्रमसम्म चलचित्रको शिक्षा पनि राखिने भएको वताएका छन्। जसवाट चलचित्रको विद्यालय शिक्षावाट नै पाउने भएको कारण चलचित्रको अझ महत्व हुने जिकिर अध्यक्ष दाहालको रहेको छ। जसवाट नेपाली कला, संस्कृति र साहित्यको समेत प्रवद्र्धन हुने कुरामा आफू विश्वस्त वनेको दाहालको भनाई छ।

अवका दिनमा व्यावसायिका शिक्षाको अत्यावश्यक भएको भन्द्र पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रममा चलचित्रलाई पनि समेट्न लागेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले बताएका छन्। नयाँ पाठ्यक्रममा चलचित्र विषयलाई समेट्नुलाई नेपाली चलचित्रवाट नेपाली कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा पनि यसले ठूलो सहयोग हुने निश्चित भएको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र १२ गते शुक्रवार ।