काठमाडौ। इजरायलमा रहेका नेपालीहरुले पनि नेपाली हुनुको गौरबता तथा महानतालाई आफ्नो मेहनतले देखाइरहेका छन्। उनीहरुले आफू नेपाली हुनुको गौरबता परदेशमा पौरख र मेहनतले प्रदर्शन गरिरहेका छन्। जुन नेपाल र नेपालीको लागि ठूलो गौरबता हो।

यो गौरबता तथा महानता राख्ने नेपालीहरु मध्येका एक नेपाली डेन्डुप तामाङ पनि हुन्। पेशाले निक्कै नै राम्रो फोटोग्राफी गर्ने फोटोग्राफर डेन्डुपका फोटोग्राफीलाई इजरायलमा नेपाली देखि इजरायली सवैले अत्यन्त मन पराउने गरेको छ।

डेन्डुपको मोहकताले भरिएका गजबका फोटोग्राफीको कारण उनी त्यहाँ चर्चाको शिखरमा रहेका छन्। डेन्डुपको फोटोग्राफीको मोह सानैदेखि हो। पहाडकी रानी दार्जिलिङमा जन्मेका डेन्डुपलाई प्रकृतिले नै फोटोग्राफर बनाएको हो।

प्रकृतिसंगै रम्दै अनि हुर्कदै फोटोग्राफी जानेका फोटोग्राफर डेन्डुपलाई नेपाली हुनुको अत्यन्त गौरबता रहेको छ। सन् २००८ सालमा इजरायल पुगेका डेन्डुपको त्यहाँ काम गर्ने सिलसिलामा पूर्वी नेपालको झापाकी कविता क्षेत्रीसंग चिनाजानी अनि मायाप्रेम भएपछि दुवैवीच विवाह पनि भयो।

परदेशमा यी मायाका जोडी डेन्डुप र कवितालाई अनुपम प्यारको जोडी नै मानिन्छ। त्यसमाथि, दुवैले त्यहाँ रहेका ज्येष्ठ नागरिकहरुलाई गरिएको सम्मान तथा स्याहार–सुसार अतुलनिय रहेको छ। यसले गर्दा त्यहाँ उनीहरुलाई ज्येष्ठ नागरिकहरुको सामाजिक अभियन्ताको रुपमा लिइने गरेको छ।

कुनैपनि नेपालीलाई केही आपत परेमा पनि सक्दो सहयोग गर्ने प्रेमको प्रतिक डेन्डुप र कविताको प्यारको चिनो किन्डुप तामाङ यही अगष्ट १३ तारिखका दिन १ बर्ष पुग्दैछन्। छोराको जन्मदिनको अवसरमा अत्यन्त खुशी बनेका डेन्डुप र कविता निक्कै खुशी छन्। छोरा किन्डुप पनि महान तथा गौरबशाली छोरा बनेको हेर्ने दुवैको चाहना रहेको छ।

प्रकाशन मिति–२०७५ साल साउन २६ गते शनिवार ।