ललितपुर। नेपालभाषाको अत्यन्त चर्चित चलचित्र बसन्त–ऋतुको च्यारिटी–शो संपन्न भएको छ। ललितपुरको भोल टोलमा रहेको ज्यापु समाज यलःको ज्यापु प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा चलचित्र बसन्त–ऋतुको च्यारिटी–शो भएको हो।

चलचित्र बसन्त–ऋतुको तीनवटै च्यारिटी–शो निक्कै उत्साहप्रद रुपमा हाउसफुलका साथ संपन्न भएको आयोजक लायकु नेवाःज्याझ्वःपुचःले जनाएको छ। धुँ देय फिल्म प्रोडक्सनका लागि रामकृष्ण धिनाः निर्माता रहेको चलचित्र बसन्त–ऋतुमा बेग्लै बेजोड कथावस्तु रहेको छ।

जुन कथावस्तुलाई धेरैले रुचाएको चलचित्र बसन्त–ऋतु हेरेर फर्केकी एन्जिला श्रेष्ठले भिजन संसार डटकमलाई प्रतिक्रिया दिएकी छन्। नेपालभाषाको चलचित्र पनि यति धेरै फरक ढंगवाट राम्रो कथावस्तुमा निर्माण भएको राम्रो अनि मार्मिक चलचित्र हेर्न पाएको श्रेष्ठको भनाई रहेको छ।

चलचित्र बसन्त–ऋतुमा पीडित प्रेमिकाको भूमिका निर्वाह गर्ने अभिनेत्री ऋतु र परिवन्दमा परेका अभिनेता किशोर चिपालुको स्वभाविक अभिनयलाई धेरैले मन पराएको पाइयो। साथमा राजेन्द्र कुमार महर्जनको खलनायकत्व अनि शोभा महर्जनको विचलनता लगायत सुशील श्रेष्ठ लगायतका कलाकारहरुको अभिनयमा सशक्तता रहेको चलचित्र हेर्ने अर्का दर्शक चन्द्रमान सुवालको रहेको छ।

चलचित्र यति धेरै राम्रो र सवै कलाकारको स्वभाविक अभिनय हुनुमा लेखक तथा निर्देशक पवन जोशीको कठिन भन्दा कठिन मेहनत र लगनशीलता नै हो। पवन जोशीले आफूभित्रको परिपक्व फिल्मी अनुभवलाई चलचित्र बसन्त–ऋतुमा मज्जाले पोख्ने कार्य भएको छ। जुन सिद्धहस्त नै सावित हुन पुगेको छ।

चलचित्र बसन्त–ऋतुको च्यारिटी प्रदर्शन हुनुअघि आयोजक लायकु नेवाःज्याझ्वःपुचःले चलचित्रका कलाकार–प्राविधिक, निर्माता–निर्देशक लगायत सहयोगी हातहरुलाई सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा नेवाःसामाजिक अभियानका अगुवा नरेशवीर शाक्य, नेपालभाषा चलचित्र पत्रकारिताका प्रथम पत्रकार विजयरत्न तुलाधर लगायतको विशेष आतिथ्यता रहेको थियो।प्रकाशन मिति–२०७५ साल साउन २६ गते शनिवार ।