लण्डन । अन्तरराष्ट्रिय कलाकार समाज (इनास) युकेको चौथो अधिवेशन संपन्न भएको छ। बेलायतको राजधानी लण्डनमा इनास युकेको चौथो अधिवेशन संपन्न भएको हो।

चौथो अधिवेशनले विनोद चिपालुलाई नै सर्वसम्मत अध्यक्ष चुनिएको छ। यसअघिको दुई बर्षको कार्यकालमा विनोद चिपालुले गरेको उल्लेखनिय कार्य सम्पादनको मूल्यांकन गरेर अधिवेशनले विनोद चिपालुलाई नै सर्वसम्मतवाट अध्यक्षमा निर्वाचित गरिएको निर्वाचन समितिले जनाएको छ।

दुई उपाध्यक्षमा सर्वेन्द्र अधिकारी र दीपक थापा तथा महासचिवमा सञ्जयभक्त कँडेल निर्वाचित बनेका छन्। त्यस्तै, सचिवमा सुजन पराजुली, कोषाध्यक्षमा लालमणि भट्टराई, सदस्यहरुमा माया केसी र सत्यप्रसाद प्रजापतिलाई चयन गरिएको छ। वाँकी सदस्यहरुलाई कार्य समितिले चयन गरिने भएको छ।

ख्यातिप्राप्त कलाकार मनिष कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा विपिन निरौलाले निर्वाचन संयोजक भएर सफलतापूर्वक कार्य सम्पादन गरेका थिए। इनास युकेमा दोश्रो इनिङ विनोद चिपालुले उल्लेखनिय कार्य सम्पादनका लागि थप अवसरका रुपमा लिएका छन्।

इनास युकेलाई अझ मजबूत बनाएर लाने प्रतिवद्धताका साथमा दोश्रो इनिङका लागि साथ र सहयोग गर्ने सवैलाई अध्यक्ष चिपालुले धन्यवाद तथा आभार समेत व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७८ साल साउन ३१ गते आइतवार ।