काठमाण्डौं। हङकङमा रहेका ख्यातिप्राप्त नेपाली बरिष्ठ गायक तथा संगीतकार साथै  हार्मोनियम बादनका उस्ताद नागेन्द्र श्रेष्ठका यो एक महिनामा तीन म्युजिक भिडियो ल्याउने भएको छ।

 हार्मोनियम उस्ताद नागेन्द्र श्रेष्ठले एक पछि अर्को गरेर तीन गीतको भिडियो ल्याउन लागेको हो। भिजन संसार डट्कमसंगको कुराकानीमा उस्ताद श्रेष्ठको संगीत रहेको अब आउने तीन मनमोहक म्युजिक भिडियोहरुमा पहिलो भिडियो तिमी मेरो साथ् हुँदा बोलको हो।

जसमा गीतकार सहदेव कोइरालाको गीत र कोकिल स्वरका धनी गायिका अराहना सुत्रधारको गायन तथा चाँद सिंहको संगीत संयोजन रहेको छ। दोश्रो गीतको भिडियोको वोल नै उसको माया फुल अरे रहेको छ। यस गीतका गीतकार विन्दु प्रसाद अधिकारी र गायन मिठो स्वरका धनी गायक सुरेन चन्दको रहेको छ।

तेश्रो गीतको भिडियोको बोल सुनको बाला हातमा मेरो कानमा लाहुरे झुम्का हो। यस गीतमा सुमधुर स्वरका धनी युवा हरुको ढुकढुकी अति सुमधुर स्वरकी धनी गायिका एलिना चौहानको गजबको गायन रहेको छ। यस गीतका गीतकार हिराकाजी थापा हुन्। दोश्रो र तेश्रो गीतको संगीत संयोजन गोपाल रसाईलीले गरेका हुन्।

गीतकार हिराकाजी थापाले विगत ३६ बर्षदेखि नेपाली आधुनिक गीत सिर्जनाको श्रीबृद्धिमा निरन्तर योगदान दिदैआएको जानकारी उस्ताद श्रेष्ठले भिजन संसार डटकमलाई दिएका छन्। गीतकार हिराकाजी थापाद्वारा रचित आधुनिक तथा नयाँ पिडीहरुको रुचि अनुसारको शब्द, संगीत र संगीत संयोजन रहेको गीति एल्बम अंगालोमा गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको मृदृस्पर्शी संगीत रहेको छ।

उक्त एल्बममा ७ वटा गीत रहेको छ। उल्लेखित गीतको म्युजिक भिडियो सोनम पाख्रिन र हिराकाजी थापाद्वयले निर्देशन गर्ने जानकारी पनि उस्ताद श्रेष्ठले दिएका छन्।
प्रकाशन मिति–२०७६ साल माघ ९ गते विहीवार ।