INAS Europकाठमाडौ। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज ईनासको चौथो युरोपेली क्षेत्रिय बैठक तथा युरोपेली एकल नेपाली नृत्य र गायन प्रतियोगिता हुने भएको छ। यही मे महिनाको १४ र १५ तारिखका दिन स्वीजरल्याण्डको बासेलमा हुन गैरहेको छ। ईनासको उक्त कार्यक्रम भव्य रुपमा हुने ईनासले जारी विज्ञप्ति मार्फत भनेको छ।

कार्यक्रममा जर्मनी, बेल्जियम, फ्रान्स, बेलायत, नेदरल्याण्ड, स्पेन, इटाली, पोर्चुगल, पोल्याण्ड, डेनमार्क, स्वीजरल्याण्ड, स्वीडेन, नर्बे र चेख रिपब्लिक लगायतका युरोपेली मुलुकमा रहेका नेपाली कलाकार, साहित्यकार, पत्रकार, विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि लगायत युरोप क्षेत्रका कुटनितिक निकायका पदाधिकारीहरुको गरिमामय उपस्थिति हुने पनि ईनासले भनेको छ।

INAS Europ1

Downloads

Details of INAS Program Switzerland
Rules of INAS Dance & Singing Competition 2016
Application-form-for-EU-Single-Nepali-Dance-Competition-2016
Application-form-for-EU-Single-Nepali-Singing-Competition-2016
Contact Persons for INAS Dance & Singing Competition 2016

प्रकाशन मिति–२०७३ साल बैशाख १५ गते बुधवार ।