काठमाडौ। एक दशक यता क्यानाडालाई कर्मथलो बनाइरहेका नेपालका एक्सन हिरो ईश्वर थापाले अमेरिकावाट नेपाली चलचित्र निर्माण गर्ने भएका छन्। अधिकाँस छायाँकन न्यूयोर्कको ज्याक्सन हाइटमा गर्ने सोच लिएर ज्याक्सन हाइटको लोकेशन हन्ट गरेर अभिनेता थापा क्यानाडा फर्किसकेका छन्।

Ishwor Thapa 1

आगामी सेप्टेम्बर महिनावाट शुटिङ्ग शुरु गर्ने लगभग अन्तिम तयारीमा रहेका अभिनेता थापा आफैले चलचित्रको निर्देशन गर्ने भएका छन्। चलचित्रको नाम अमेरिकन बाबु मेड इन नेपाल राखिएको छ।

Ishwor Thapa 3न्यूयोर्कमा रहेका स्थानिय नेपाली कलाकारलाई नै लिएर बनाउन लागेको उक्त चलचित्रले प्रवास अमेरिकामा बस्दैगरेका नेपालीहरुको प्रतिनिधित्व गर्ने भएको छ। सोही अनुरुप कथावस्तु लेखन कार्य भएको जानकारी पनि अभिनेता थापाले दिएका छन्। नेपालमा रहंदा पैसाको धम्की, विषालु, सीमारेखा, हाउडे, पन्छी लगायतका चलचित्रमा अभिनय गरेर बेग्लै इमेज राखेका थिए।

प्रकाशन मिति–२०७३ साल भदौ १९ गते आइतवार ।