Two Rajesh Hamal: Vetran Actor Rajesh Hamal with Vetran Singer Rajesh Hamal
Two Rajesh Hamal: Vetran Actor Rajesh Hamal with Vetran Singer Rajesh Hamal

काठमाडौ। राजेश हमाल एउटै नाम तर, फरक दुई कामका रुपमा यतिखेर दुई राजेश हमाल देखिएका छन्। नाम एउटै भएको कारण दुवै राजेश हमाललाई कहिलेकाही तनाब हुने गरेको पाइएको छ। एकलाई भनियो भने, अर्कोलाई पर्ने जस्ता विविध कारणले यदाकदा दुवैलाई रमाइलो पनि हुने गर्दछ।

एक–अर्काका फोन भने नामका कारण दुवैलाई आउंदा दुवै हैरान हुने गरेका कयन घटना पनि दुवैसंग यादगार भएर बसको पाइएको छ। यी दुई राजेश हमाल हुन्–एक नेपाली चलचित्र उद्योगका नायक राजेश हमाल र अर्को नेपाली संगीत उद्योगका गायक राजेश हमाल ! दुवैको नागरिकताको नाम नै राजेश हमाल।

Two Rajesh Hamal with Theater Artist & Model Raju Hamal
Two Rajesh Hamal with Theater Artist & Model Raju Hamal

दुवैले दुवैलाई एउटै नामका कारण धेरै पहिलादेखि नै चिन्दैआएका छन्। तर, दुवैको भेट भने भएको थिएन। दुवैको भेट केही समयअघि काठमाडौको लाजिम्पाटस्थित एक कफी हाउसमा नेपाली चलचित्र मुक्तिदाताका निर्माता तथा पर्यटन व्यवसायी राजेन्द्र ठकुरी र पूर्व रंगकर्मी तथा हालका चर्चित मोडल राजु हमालको पहलमा भएको छ। दुवैले दुवैलाई एकसाथ एकै स्थानमा पाउंदा दुवै मक्खै परेको रंगकर्मी राजु हमालले भनेका छन्।

Twa Rajesh Hamal with Tourist Businessman Rajendra Thakuri
Twa Rajesh Hamal with Tourist Businessman Rajendra Thakuri

पर्यटन व्यवसायी राजेन्द्र ठकुरी पनि यी दुई राजेश हमाल देखेर त म पनि छक्कै परेको बताउंदै दुवैको नाम एक भएतापनि काम फरक परेकोले राम्रो नै भएको भन्न चुक्दैनन्। दुई राजेश हमाल भने, आफूहरुको नाम मिल्नु एक संयोग मात्र भएको र आफूहरुले एक अर्कोलाई अत्यन्त सम्मान गर्ने गरेको पनि भन्छन्। दुवैले भेटमा मिठो मानेर कफी खाएका थिए। दुवैको लागि यो पल सुखद तथा अविस्मरणीय बनेको दुवैको भनाई रहेको छ।
प्रकाशन मिति–२०७४ साल असार १४ गते बुधवार ।