काठमाडौं। नामै छिरिङ बेग्लै सोच र फरक विचार बोकेर आएको तहल्कापूर्ण कथा भएको विलकुलै नयाँ चलचित्र छिरिङको नेपालमा भव्य रिलिज हुने भएको छ।

यही असोज १२ गते शुक्रवारको रिलिज डेट लिएर आएको यस चलचित्र छिरिङ आएको हो। असोज १२ गते चलचित्र छिरिङको अलनेपाल रिलिज हुने चलचित्र छिरिङका तीन निर्माता मध्येका एक निर्माता सुनिल माथेमा प्रधानले भिजन संसार डटकमलाई बताएका छन्।

निर्माता माथेमा प्रधानका अनुसार, चलचित्र छिरिङ हिमालपारिको जिल्ला मुस्ताङको कथा हो। जुन कथाभित्र एक श्रीमती अनि दुई श्रीमान रहेका छन्। तर, त्यो छिरिङ पात्र नाम अनुसार नेभर डाइज अर्थात अमर छ। दीर्घायु छ। त्यो कसरी भयो भन्ने कुरा नै गहिरो छ। सस्पेन्स छ। चलचित्र नहेरिकन यो चलचित्रको कथाबस्तु थाहा पाउन गाह्रो छ भनेर निर्माता सुनिल माथेमा प्रधानको जिकिर रहेको छ। सस्पेन्स मात्र नभइकन कमेडी, एक्सन, सोसल म्यासेज सवै भएको अल इन वान फिल्म भएको पनि निर्माता माथेमा प्रधानको दावी छ।

रिदमस् फिल्म प्रालिका लागि सुनिल माथेमा प्रधान, एलबी दर्नल र नविन बुढाथोकी निर्माता रहेको यस चलचित्र छिरिङको निर्देशक ख्यातिप्राप्त गायक तथा नायक एस कुमार हुन्। चलचित्र छिरिङमा अर्का ख्यातिप्राप्त गायक निमा निमा रुम्बाको साथमा प्रसिद्ध मोडल कामना भुजेलको बेजोड अभिनय रहेको छ। साथमा निर्देशक एस कुमारको पनि बेग्लै भूमिका र अभिनय रहेको छ।

कविता आले, कालु राना, सूर्य थोकर लामा, एलवी दर्नल लगायतका कलाकारहरुको अविस्मरणीय अभिनय रहेको छ। यश कुमार र याम थापाको संयुक्त लेखन रहेको चलचित्र छिरिङको ९८ प्रतिशत छायाँकन हिमालपारिको जिल्ला मुस्ताङमा भएको हो। बाँकी काठमाडौं, पोखरा र लुम्बिनीमा भएको हो। मानकृष्ण महर्जनको मनै लोभ्याउने छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ।


प्रकाशन मिति–२०७५ साल असोज १ गते सोमवार ।