काठमाडौ। ऐतिहासिक–प्राचिन सम्पदा संरक्षण तथा तिनको पूर्नरनिर्माण कार्यमा काठमाडौं महानगरपालिकाले तिब्रताकासाथ निरन्तरता दिएको छ। एकपछि अर्को सम्पदा संरक्षण तथा तिनको पूर्नरनिर्माणको क्रममा काठमाडौं महानगरपालिका वडा नंबर २१ लगनटोल स्थित ऐतिहासिक
कीर्तिपुण्य महाविहारको कुलदेवता (दिगुद्यः)को पूर्नरनिर्माण प्रारम्भ गरेको हो।

विहीवार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कीर्तिपुण्य महाविहारको कुलदेवता मन्दिरको जगमा विशेष पूजा गरेर निर्माण शुभारम्भ गरेका छन्।

ऐतिहासिक महत्व वोकेको प्राचिन महाविहारको कुल देवता मन्दिर विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पको कारण अत्यन्त जीर्ण तथा ध्वंस्त नै बनेको मन्दिरको पूर्नरनिर्माण शुभारम्भ गर्न पाउंदा महानगरपालिकाको मेयरको हैसियतले अत्यन्त गर्ब लागेको मेयर शाक्यले बताएका छन्। यो बर्ष विशेषत महानगरपालिकाले पूर्वाधार बर्षको रुपमा पूर्नरनिर्माण कार्यमा अग्रता दिएको र सम्पदा संरक्षणमा महत्व दिएको पनि मेयर शाक्यले भनेका छन्।

कीर्तिपुण्य महाविहार काठमाडौं उपत्यकाकै अत्यन्त प्राचिन महाविहार मध्ये एक हुन् । यस महाविहार भित्र अवस्थित यो दिगुद्यः स्थानिय शाक्य समुदायको इष्टदेवता हुन्। भगवान बुद्धको गृहनगर कपिलवस्तुबाट लखेटिएका शाक्यहरूले कान्तिपुरमा आफ्नो बसोवासका साथसाथै यो दिगुद्यः स्थापना गरेको स्थानियको भनाई रहेको छ।

करिब ५० लाख रुपैयाँको लागतमा निर्माण प्रारम्भ गरिएको यस दिगुद्यः ६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
प्रकाशन मिति–२०७५ साल मंसीर १३ गते विहीवार ।